क्यान्सर रोग बारे प्रशिक्षण

२५ जेष्ठ २०७५, शुक्रबार १४:०७
 


सदरलाइनडटकम
२५ जेठ, नेपालगन्ज :  बा“केको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले ग्रामिणक्षेत्रमा कयान्सर रोगका बिषयमा सचेतना फैलाउन सुरु गरेको छ । रोगको पहिचान नभएर उपचार नै नपाई अकालमा ज्यान गुमाइरहेको अवस्थामा क्यान्सर अस्पतालले सुरु गरेको अभियान प्रभावकारी हुने देखिएको छ ।
क्यान्सर अस्पतालका निर्देशक डा. बिश्वराम पौडेलका अनुसार ग्रामिणक्षेत्रसम्म क्यान्सर रोगका बिषयमा सचेतना फैलाउने उदेश्यले शुक्रबार बा“केका स्वयंसेविकाहरुलाई प्रशिक्षण दिइएको छ । आठवटा स्थानीय तहका प्रत्येक वडाका स्वयंसेविकालाई बरिष्ठ चिकित्सक डा. किशोर प्रधानाङ्ग, पौडेल लगायतको टिमले क्यान्सर रोग, लाग्नुको कारण, उपचार गर्ने उपयायहरु लगायतका बिषयमा प्रशिक्षण दिएका छन् ।
‘समयमै रोग पत्ता नलागेर धेरै क्यान्सर रोगीहरु उपचार नै नपाएर मर्नु पर्ने अवस्था छ । अब स्वयंसेविका मार्फत हामी क्यान्सर रोगका बिषयमा गाउ“—गाउ“सम्म जानकारी गराउ“छौं ।’— डा. किशोर प्रधानाङ्गले भने । उनका अनुसार शनिबार क्यान्सर अस्पताल परिसर खजुरामा निःशुल्क स्वास्थ्य परिक्षण हुन्छ भने आईतबार बर्दियामा स्वंसेविकालाई तालिम दिइनेछ ।
नेपालगन्जमा तालिको उद्घाटन गदैृ अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले असार महिनाबाट अस्पताल सन्चालन हुन लागेको बताउ“दै अस्पताल सन्चालन पछि यस क्षेत्रमा उपचार सहज हुने बताए । उनले भने,—‘बर्षौदेखिको हाम्रो सपना अब पुरा हु“दैछ ।’

Next Post

बाताबरण परिवर्तनको प्रभाव : तराईको कालाज्वर ‘लेस्मोसिया डेनोमेनी’ पाहाडमा पुगेर ‘लेस्मोसिया यत्ति’ भयो

२५ जेष्ठ २०७५, शुक्रबार १४:०७
सदरलाइन /रुद्र सुवेदी , सपना विष्ट २५ जेठ, नेपालगन्ज  : पूर्वी नेपालको तराईका १२ जिल्लामा मात्र प्रकोपको रुपमा देखा पर्ने कालाज्वर (लेस्मोसिया डेनोमेनी ) बाताबरणमा आएकोे परिवर्तनको कारण मध्य तथा सुदूरका पहाडी र हिमाली जिल्लामा स्वरुप परिवर्तन गरी देखिन थालेपछि सो क्षेत्रका विज्ञहरुलाई चिन्तित बनाएको छ । सरकारले सन २०२० […]