सदरलाइनडटकम
२४ जेठ, नेपालगन्ज : निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ ।
नवगठित पार्टीका महासचिव बिष्णु पौडेल नेतृत्वको टोलीले बिहीबार आयोग कार्यलय कान्तिपथ पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका हुन् । दल दर्ताको प्रमाणपत्र लिएपछि पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महाधिवेशनपछि पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पु¥याउने बताए ।
यसअघि आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एमाले ) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का नाममा दर्ता भएका थिए । गत जेठ ३ गते यी दुई दलबीच एकता भएसँगै नेकपा अण्डरलाइन नामको पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका थिए । तर, यो नाम समेत दर्ता भैसकेकाले नवगठित पार्टीले नाम परिवर्तन गरेको थियो ।
आयोगले बुधबार नवगठित पार्टीलाई आयोगमा दर्ता गर्ने निर्णय गरेको थियो ।