चाचाजीको नागरिक अभिनन्दनको तयारीमा तात्तियो प्रेस युनियन बाँके

२४ जेष्ठ २०७५, बिहीबार २०:१५
 

सदरलाइनडटकम
२४ जेठ, नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता चाचाजीको नागरिक अभिनन्दन सफल पार्न नेपाल प्रेस युनियन बाँकेले बिहीबार बृहत भेला सम्पन्न गरेको छ । युनियनको अगुवाईमा यही जेठ २९ गते नेपालगन्जमा चाचाजीको नागरिक अभिनन्दन हुदैछ ।
नेपाल प्रेस युनियनका केन्द्रीय उप–महासचिव प्रेम केसीले पत्रकारिताका साथै प्रजातन्त्र स्थापना र सामाजिक काममा चाचाजीले गरेको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताए । ‘पञ्चायतकाल जस्तो कठिन परिस्थितीमा पनि पत्रकारिता गरेर नागरिकलाई सुसुचित गराउदै प्रजातन्त्र ल्याउनमा उहाँ जेल समेत जानुभयो, जेष्ठ नागरिक पनि भएको नाताले नागरिक अभिनन्दन गर्न पाउनु नेपालगन्जबासीका लागि भाग्यको कुरा हो’– उप–महासचिव केसीले भने ।
प्रेस युनियन रेडियो नेपाल शाखाका अध्यक्ष सन्तोष रेग्मीले चाचाजी पत्रकारिताको ईतिहास भएको र नेपालगन्जका लागि धरोहर भएको बताए ।
युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले नागरिक अभिनन्दन कार्यक्रमलाई सफल पार्न थप तिब्रताका साथ तयारीमा जुट्न युनियनका सम्पुर्ण सदस्यलाई निर्देशन दिए । उनले हालसम्म भएको तयारीबारे जानकारी दिदै तयारीका लागि कुनै कसर बाँकी नराख्न आग्रह गरे ।
नागरिक अभिनन्दनका लागि पत्रकारका विभिन्न संघ संगठन तथा अन्य संस्थाका प्रतिनिधिले ऐक्यवद्धता जनाईसकेको र बिहीबारबाट थप तिव्रताका साथ छलफल गरेर तयारी अगाडी बढाईने उनले बताए ।

Next Post

काठमाडौंको संकटा नेपालगन्ज गोल्डकपको फाइनलमा

२४ जेष्ठ २०७५, बिहीबार २०:१५
सदरलाइनडटकम  २४ जेठ, नेपालगन्ज : बाँकेको खजुरा गाउपालिकाको डि गाउमा जारी तेस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौंको संकटा क्लव प्रवेश गरेको छ । संकटाले सुदूरपश्चिम–११ लाई ट्राइबेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । संकटा गतवर्ष पनि फाइनलमा पुगेको थियो । खेलको शुरुवाती ६ मिनेटमै विजय सिंहको गोलले […]