कोहलपुरमा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम

२३ जेष्ठ २०७५, बुधबार १९:५१
 

सदरलाइनडटकम 
२३ जेठ, कोहलपुर (बाँके) : सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यामिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरिएको छ ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको प्राविधिक सहयोगमा कोहलपुर क्रियटिभ ग्रुप प्रालिको आयोजनामा बुधबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुरका डिएसपी दिवाकर घिमिरेले ट्राफिक नियमहरुका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । दुर्घटना हुन सक्ने सम्भावित क्षेत्रहरुमा सवारी चालक तथा यात्रुहरु आफैले सावधानी अपनाए केही हदसम्म सवारी दुर्घटना न्यून हुने घिमिरेले बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले विद्यालय क्षेत्र सवारी दुर्घटनाको दृष्टिकोणले निकै संवेदनशिल क्षेत्र भएकाले विद्यालयलाई नै केन्द्रित गरि कार्यक्रम संचालन गरिएको बताए । उनले विद्यालय लाग्ने र बिदा हुने समयमा विद्यालय तथा ट्राफिक प्रहरीको समन्वय आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्न विद्यालयलाई आग्रह समेत गरे ।
विद्यालयकी प्रधानाध्यापक देवका थापाले सम्बन्धित निकाय आफैले विद्यालयमा सचेतना कार्यक्रम संचालन गरेको भन्दै खुसी ब्यक्त गरिन । उनले सडक किनार मै विद्यालय रहेको र हरेक समय दुर्घटनाको सम्भावना रहेतापनि आवश्यक प्रक्रिया थाहा नपाउँदा ट्राफिक प्रहरीसँग समन्वय गर्न नसकिएको गुनासो पोखिन । कोहलपुर क्रियटिभ ग्रुप प्रालिका प्रवन्ध निर्देशक जयसिंह केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गु्रपका अध्यक्ष प्रदिप वाग्लेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, ट्राफिक प्रहरी, जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

Next Post

तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा लाली रूपन्देही फाइनलमा

२३ जेष्ठ २०७५, बुधबार १९:५१
सदरलाइनडटकम  २३ जेठ, खजुरा (बाँके) : बाँकेको खजुरा डि गाउमा जारी टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा लाली रूपन्देही–११ ले घरेलु टिम नेपालगन्ज–११ लाई पाखा लगाउदै फाइनलमा पुगेको छ । खजुरा गाउँपालिकाको डीगाउँस्थित नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक नेपालगन्ज–११ लाई ४–२ गोल अन्तरले पराजित […]