विश्व कुष्ठरोग विरुद्धको दिवस मनाईंदै

सदरलाइन संवाददाता १५ माघ २०७९, आईतवार १३:३९
 

नेपालगञ्ज : आइतवार ७० औँ विश्व कुष्ठरोग विरुद्धको दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ बाँकेमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।

नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्षेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरु थपिने गरेको तथ्याङ्क छ । अहिले नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन नै बाँकी रहेको छ ।


बाँके, बर्दिया, रुपन्देही, कैलाली, कञ्चनपुर, अछाम, झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र परासी कुष्ठरोग मुक्त हुन बाँकी रहेका छन् ।

सरकारले कुष्ठरोग निवारणका लागि ‘शून्य कुष्ठरोग’ नीतिसहित ५ वर्षे कार्ययोजना बनाएर काम गर्दै आएको छ । बाँकेमा विगत १० वर्षको तथ्यांक हेर्दा १ हजार २५२ जना कुष्ठरोगीका विरामी पहिचान भएका छन् । सन् २०२२ मा ७६ जना नयाँ रोगी पहिचान भएका छन् । यो अघिल्लो वर्षको तुलनामा संख्यात्मक हिसावले कम हो । सन २०२१ मा १०४ जना कुष्ठरोगी फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती आँखा अस्पतालमा पहिलोपटक डेढो आँखाको सफल शल्यक्रिया

१५ माघ २०७९, आईतवार १३:३९
दाङ : नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालमा डेढो आँखाको उपचार संगै शल्यक्रिया सेवा समेत सुरु भएको छ । पहिलोपटक अस्पतालमा तुलसीपुर–४ निवासी नौमति खड्काको डेढो आँखाको शल्यक्रिया भएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए । ५२ बर्षीय खड्काको सानो उमेरमा चोट लागेर आँखा डेढो भएको थियो । उनको […]