बाँकेमा बुधवार ८ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १० कार्तिक २०७८, बुधबार १४:१३
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४१ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा ४ जना, मेडिकल कलेज कोहलपुरमा ५ नमुना परीक्षणल गर्दा ३ जना र बागेश्वरी ल्यावमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।


बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३९१ पुगेको छ ।

यस्तै बुधवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ४ पुगेको छ । यस्तै ७ जना सिकिस्त र ९ जना मध्यम विरामीको उपचार भईरहेको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते

१० कार्तिक २०७८, बुधबार १४:१३
सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सल्यान कुमाख गाउँपालिकाको मर्मपरिकाडाबाट नेपालगन्ज जाँदै गरेको भे. १ ज.९३० नं.को महेन्द्रा बलेरो जीप कुमाख गाउँपालिका २ मा दुर्घटनामा परेको हो । दुर्घटनामा परी कुमाख गाउँपालिका २ बस्ने […]