मातृभाषा जोगाउने अभियानमा तमु\गुरुङ्ग समुदाय

१७ जेष्ठ २०७५, बिहीबार १७:२३
 


सदरलाइनडटकम
१७ जेठ, नेपालगन्ज :  तमु\गुरुङ्ग समुदायमा बोलिने मातृभाषा नयाँ पुस्ताले बोल्न नजानेको भन्दै अगुवाहरुले आफ्नो भाषाप्रति चिन्ता प्रकट गरेका छन् । नयाँ पुस्ता माझ कसरी मातृभाषा पु¥याउने भन्ने बिषयमा उनीहरु बहस र छलफल चलाउने गरेका छन् ।
तमु हेयुल छोज धी ( गुरुङ्ग राष्ट्रिय परिषद) जिल्ला कार्यसमिति बाँकेका सचिव गजेन्द्र गुरुङ्गले नयाँ पुस्तालाई मातृ भाषा कसरी सिकाउने भन्ने बिषयमा पुरानो पुस्ता चिन्तित भएको बताए । उनले सरकारी निकायहरुसंग समेत मिलेर मातृभाषा जोगाउने अभियान सन्चालन गरिन लागेको जानकारी दिए ।
सोही क्रममा बिहिवारबाट नेपालगन्जमा मातृभाषा सम्बन्धी दश दिने प्रशिक्षण सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र तमु हेयुल छोज धी ( गुरुङ्ग राष्ट्रिय परिषद) जिल्ला कार्यसमितिको संयोजनमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले गरिन । कार्यक्रममा जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर थापा, परिषदका अध्यक्ष युगबहादुर गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।

Next Post

योगदानमा आधारित पेन्सन के हो ?

१७ जेष्ठ २०७५, बिहीबार १७:२३
सदरलाइनडटकम १८ जेठ, नेपालगन्ज :  सरकारले साउन १ गतेबाट नियुक्त हुने सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण ९पेन्सन० लागू गर्ने घोषणा गरिसकेको छ । आर्थिक वर्ष २०७५र७६ को बजेटमार्फत नै घोषणा भएकाले अब यसलाई कार्यान्वयन गर्न कानुन बन्दैछ । संघीय निजामती कर्मचारीसम्वन्धी विधेयक तयार भएको छ, यो कानुन मन्त्रालयमा सहमतिका […]

सम्बन्धित