बुद्धिचाल प्रतियोगितामा प्रिन्स गुरुङ प्रथम

३१ भाद्र २०७६, मंगलवार १७:५९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा आधारभूत तह स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । एनप्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा सम्पन्न भएको बुद्धिचाल प्रतियोगितामा वेस्टर्न माविका प्रिन्स गुरुङ प्रथम, पञ्चमुखि माविका सिद्वार्थ पुन द्धितीय र नमूना विद्यासदन माविका सञ्जय बानिया तृतीय भएका छन् ।
एनप्याब्सन कोहलपुर नगर कमिटीमा आवद्ध १० वटा विद्यालयका प्रतिस्प्रधिलाई उछिन्दै वस्र्टन माविका गुरुङ प्रथम भएका हुन् । कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शाखाका विद्यालय निरीक्षक जीवन न्यौपानेले विद्यार्थीको व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बालबालिकालाई पाठ्यक्रमले तोकेको विषयवस्तु भन्दा बाहिरको ज्ञान हासिल गर्न यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एनप्याब्सन कोहलपुर नगर कमिटीका अध्यक्ष किशोरराज मल्लले बालबालिकाको बौद्धिक विकासका लागि प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल बुद्विचाल संघ बाँकेका सचिव शुसिल सापकोटा, एनप्याब्सनका पदाधिकारीलगायत शिक्षक, विद्यार्थीहरुको सहभागिता थियो ।

Next Post

कृषिलाई आधुनिकीकरण गर्न ‘ग्रिन फोर्स’ बनाईंदै

३१ भाद्र २०७६, मंगलवार १७:५९
सदरलाइनडटकम, नेपालगञ्ज : प्रदेश नं. ५ की कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशको कृषिमा क्रान्ति ल्याउनका लागि ‘ग्रिन फोर्स’ तयार गर्न लागेको बताएकी छन् । जिल्लास्तरीय अगुवा च्याउ उत्पादक कृषक भेलाको मंगलवार नेपालगञ्जमा उद्घाटन गर्दै उनले वैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वदेशमै रहेर कृषि क्षेत्रमा आकर्षित गर्नका लागि […]