राष्ट्रिय सेवा दलको एकदिने स्वास्थ्य शिविर सढे आठसय बढीले स्वास्थ्य परिक्षण गराए

३ माघ २०७३, सोमबार १२:५१
 

अमृता केसी/सदरलाइन  
३ माघ, नेपालगन्ज  : राष्ट्रिय सेवा दल वार्षिक क्याम्प कोहलपुरले सोमबार बाँकेको टिटिहिरीया गाविसमा एक दिने निशुल्क चेतनामुलक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज मेडिकल कलेज, नेपाल नेत्रज्योती संघ फुल्टेक्रा नेपालगन्ज, नेपाल औषधिगत विक्रि प्रबन्ध संगठन, अन्तराल लगायतका संघ संस्थाको सहयोगमा सञ्चाललित भएको निशुल्क चेतनामुलक शिविरमा त्यस क्षेत्रका स्थानीयहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् ।
आफ्नो गाउँघरमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदा स्वास्थ्य चेकजाँच गराउन पाउँदा खुसी लागेको टिटिहीरीया गाविसका विभिन्न वडाबाट आएका स्थानीयको प्रतिक्रिया आएको छ ।
राष्ट्रिय सेवा दलले २०२२ साल कात्तिकदेखि देशभरका विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत छात्र तथा छात्राहरुला व्यक्तित्व विकास र सैनिक ज्ञान दिइरहेको छ । सोहि तालिम अन्तरगत राष्ट्रिय सेवा दल बार्षिक क्याम्प कोहलपुरले एनसीसी क्याडेट छात्रछात्रालाई दिइने तालिम अन्ततरगत उनीहरुलाइ विपतका बेला के के गर्न सकिन्छ भन्ने विषयमा मेडिकल क्याम्पको आयोजना गरिएको राष्ट्रिय सेवा दल बार्षिक क्याम्प कोहलपुरका क्याम्प संयोजक सेनानी हेमन्त कुमार थापाले जानकारी दिए ।
सो निशुल्क शिविरमा स्थानीयहरुको सिकलसेल स्कीनिङ्ग टेष्ट , जनरल ओपिडि सेवा, स्त्रीरोग, आँखा, हाडजोर्नी, छाला तथा सर्जरी सम्बन्धी चेकजाँच गरिएको नेपाली सेनाका चिकित्सक सह सेनानी डा. विश्वराज बहादुर कुँवरले जानकारी दिए । सो शिविरमा ८ सय ५० बढीले स्वास्थ्य परिक्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकासमा युवाको सहभागिता आवश्यक : भारतीय राजदूत राय

३ माघ २०७३, सोमबार १२:५१
सदरलाइनडटकम    ४ माघ, नेपालगन्ज : भारतीय राजदूत रञ्जित रायले विकासमा युवाको सहभागित आवश्यक रहेको बताएका छन् । मंगलबार बिहान भारतीय दूताबासको विकास फण्डको सहयोगमा ५ करोडको आर्थिक लागतमा नेपालगन्जमा फत्तेबाल आँखा अस्पतालको ओपिडी, जनरल वार्ड र डाक्र्टस क्वाटरको शिलन्यास गर्दै सो कुरा बताएका हुन । उनले युवामा गरेको लगानीले नै […]