कोहलपुरद्वारा धरौटी जफत गर्ने अभियान सञ्चालन

सदरलाइन संवाददाता ११ बैशाख २०८०, सोमबार १२:५२
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले सम्झौता गरी काम नगरेका कम्पनी र फर्महरूको ठेक्काको धरौटी रकम जफत गर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाका वडागत तथा नगरपालिकाका गौरवका योजनाहरुमा यो अभियान लागू गर्न थालेको छ ।

निर्माण व्यवसायीहरुले ठेक्का सम्झौता गर्ने तर काम नै सुरु नगर्ने प्रवृति बढेपछि यो अभियान सुरु गरेको कोहलपुर प्रमुख पूर्ण आचार्यले बताए ।

कोहलपुर नगरपालिकाले शुरु गरेको तथा ठेक्का सम्झौता गरेको आयोजनाहरु लामोसमय वित्तिसक्दा काम नै शुरु नभएका ठेक्काहरुको धरौटी रकम जफत गर्ने अभियानमा लागेको नगर प्रमुख आचार्यले बताए ।

निर्माण व्यवसायीहरुले नगरपालिकासंग सम्झौता गरेको बर्षौ वित्तिसक्दा पनि सम्झौता मिति सकिसकेको हुन्छ उनले भने त्यसका कम्पनी र र्फमहरुको बैंक ग्यारेन्टी जफत गर्ने योजना ल्याएका छौं । नगरपालिकाले जफत गरेपछि पुनः ठेक्का गरी काम गर्ने कम्पनी तथा र्फमहरुले ठेक्का पार्ने विश्वस्त रहेको बताए ।

नगर प्रमुख आचार्यले भने, ‘सुशासन तथा पादर्शिकता चाहिएको छ, अर्को परिश्रम गर्ने कम्पनी तथा फर्महरु आवश्यकता छ, सम्झौता गर्ने तर काम नगर्ने कम्पनी तथा फर्महरु आवश्यक छैन ।’


‘कोहलपुरमा निर्वाचित भएको १ वर्ष पुग्न थालेको छ, पालिकामा हुने गतिविधिहरु स्वच्छ प्रतिष्प्रर्धा, प्रादर्शिक र प्रभावकारी रुपमा सञ्चालन भएका छन् ।’ उनले भने, ‘अघिल्लो कार्यकालको ५ वर्ष र अहिलेको १ वर्षमा कोहलपुरका भएका गतिविधि सम्बन्धी कोहलपुरका जनताले राम्रो संग जानकारी पाएको नगर प्रमुख आचार्यले बताए ।

प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले अहिले एउटा कम्पनी/र्फमको धरौटी जफत गरेको बताए ।

स्यानिटरी प्याड खरिद गर्न नगरपालिकाले गरेको टेन्टरमा नेपालगञ्जको लोमस शर्जिकल्स हाउसले सम्झौता मिति सकिएपनि काम नगरेपछि धरौटी रकम जफत गरेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।

कोहलपुर नगरपालिकाले लोमस शर्जिकल्स हाउससंग २०७९/०२/०३ गते सम्झौता भएको थियो भने २०७९/०३/१५ सम्म समयअवधि सकिएको थियो । तर स्यानिटरी प्याड नै खरिद नगरी समयअवधि सकियो त्यसपछि धरौटी रकम जफत गरेको बताए ।

कोहलपुरमा अन्य योजना तथा ठेक्का प्रक्रियाबाट सम्झौता गरेका तर काम नगरेका र्फम/कम्पनीहरुलाई कार्यापालिकाको निर्णयबाट धरौटी रकम जफत गरी कारवाही गर्ने अभियान शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीमा तटबन्ध निर्माणका लागि सांसद नमुनाको पहल

११ बैशाख २०८०, सोमबार १२:५२
नेपालगञ्ज : बाँकेको दुर्गम मानिने राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई डुबानबाट जोगाउन वर्षा सुरु हुनुभन्दा पहिले नै राप्ती नदीमा अति जोखिममा रहेका नौ स्थानमा तटबन्ध निर्माण आवश्यक देखिएको छ । लामो समयदेखि वर्षातको समयमा राप्तीनदीमा आउने बाढीले गर्दा राप्तीसोनारी र नरैनापुरका धेरै गाउँ डुबान र कटानमा पर्दै आएको हुँदा पटक पटक […]