बालबालिकाका लागि योग शिविर हुने

१ बैशाख २०७६, आईतवार १६:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : द आर्ट अफ लिभिङले पहिलो पटक नेपालगञ्जमा बालबालिका केन्द्रित ध्यान योग शिविर सञ्चालन गर्ने भएको छ । द आर्ट अफ लिभिङ नेपालगञ्ज शाखाले ८ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि यही वैशाख ४ देखि ७ गतेसम्म दुई समूहमा योग ध्यान शिविर आयोजना गर्न लागेको हो ।
८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई आर्ट एक्सल कार्यक्रम र १४ वर्षदेखि १७ वर्षसम्मका किशोरकिशोरीका लागि एस कार्यक्रम सञ्चालन हुनेछ । शिविरमा योग र ध्यानका साथैऔपचारिक शिक्षा, नैतिक शिक्षा, शिक्षक र अभिभावक शिक्षकसँग गर्ने व्यवहार, घरपरिवारमा नियमित गरिने व्यवहारिक काम र नैतिक आचरणका विषयमा सिकाइने योग गुरु काव्य लम्सालले जानकारी दिए ।
एसईई दिएर बसेका विद्यार्थीलाईकस्तो कलेजमा पढ्ने, कुन विषय रोज्नेलगायतका कुरामा आफै निर्णय लिन मदत पुग्नेछ । यो कोर्ष गरेका बालबालिकाकोे खानपान आहारविहार र व्यावहारिक ज्ञानका लागि वातावरण सिर्जना गर्छ ।

Next Post

आर्मीले उचाल्यो फेन्सिङको उपाधी

१ बैशाख २०७६, आईतवार १६:५८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा चैत २८ देखि सुरु भएको ८ औं राष्ट्रिय खेलकुदअन्तर्गतको फेन्सिङ(तरबारबाजी) प्रतियोगिता आईतबार सम्पन्न भएको छ । चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितासमेत रहेको प्रतियोगिताको उपाधी विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जीतेको छ । आर्मीले ६ स्वर्ण, ४ रजत र ५ काश्य पदक प्राप्त गरेको छ । […]