मयूर संरक्षणमा जुटे रोल्पाका महिलाहरु

सदरलाइन संवाददाता २१ श्रावण २०७९, शनिबार १४:२८
 

रोल्पा : रोल्पाको एक सामुदायिक वनमा मयूर संरक्षणका लागि महिलाहरू जुटेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं. २ महेन्द्रीस्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले मयूर संरक्षणमा लागेका हुन् ।

सामुदायिक वनलाई मयूर पर्यटनको रुपमा विकास गर्न मयूर संरक्षणको थालनी गरेको वन समूहले जनाएको छ । पाँच वर्षे आवधिक योजना तयार गरी सो सामुदायिक वनका महिलाहरूले संरक्षणको काम अघि बढाएका हुन् ।

मयूरको वासस्थानको लागि त्यहाँको भू–बनोट, हावापानी र वनस्पति उत्तम रहेको बताइन्छ । पानीको सहज उपलब्धता, पारिलो क्षेत्र, मानव बस्ती र खेतबारी समेत प्रसस्त रहेकाले सो सामुदायिक वन मयूरको वासस्थानका लागि उपयुक्त मानिन्छ ।


किरा फट्यांग्रा, फल, बालीनाली र घाँससमेत हुनाले यो क्षेत्र मयूरका लागि उपयुक्त भएको डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत डा. मोहन पौडेलले बताए ।

उक्त सामुदायिक वन क्षेत्रमा ४०० देखि ५०० को संख्यामा मयूर रहेको स्थानीयको अनुमान छ । सानो क्षेत्रमा यति धेरै मयूर पाइनुमा यो क्षेत्र मयूरका लागि सुरक्षित रहेको मान्न सकिने वन्यजन्तु संरक्षणका जानकारहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नाइट क्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु

२१ श्रावण २०७९, शनिबार १४:२८
काठमाण्डौ : एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ । थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागीमा परि ४० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । स्थानीय समय अनुसार शुक्रबार १२ः४५ बजे माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो।प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा […]