नेपालगञ्जमा २० हजार पशुलाई भ्याक्सिन लगाईंदै

सदरलाइन संवाददाता ११ फाल्गुन २०८०, शुक्रबार १८:२५
 

नेपालगञ्ज : नेपालगञ्जमा २० हजार पशुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाइँदैछ । गाईभैंसीलाई खोरेत रोगबाट जोगाउन ६ महिनामाथिका बाच्छाबाच्छी तथा पाडापाडीलाई खोरेत विरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको पशु सेवा शाखाले तीन जना भ्याक्सिनेटरको टोली परिचालन गरेर भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको जनाएको छ । टोलीमा हिरालाल अहिर (यादव), दिनेश विश्वकर्मा र सिसराम यादव छन् । टोलीको नेतृत्व अहिरले गरेका छन् । वडा नम्बर ६, ९, १२, १३, १५, १६, १७, १८, १९, २०, २१, २२ र २३ नम्बरमा वडामा चैत १० गतेसम्म खोरेतविरुद्धको खोप लगाइने पशु स्वास्थ्य प्राविधिक अच्युत गौतमले बताए ।


वडा नम्बर १७ बाट भ्याक्सिन लगाउन शुरु गरिएको छ । खोरेत भ्याक्सिन लगाइसकेपछि बाख्रामा लाग्ने पीपीआर, गाईभैंसीमा लाग्ने भ्यागुते र चर्चरे तथा बंगुरहरुमा लाग्ने स्वाइन फिभरविरुद्ध पनि भ्याक्सिन लगाइने पशु स्वास्थ्य प्राविधिक अच्युत गौतमले बताए ।

गाईभैंसीको खुट्टा तथा मुखमा घाउ आउने रोगलाई खोरेत भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले उदाहरणीय काम गरेको छ : गृहमन्त्री श्रेष्ठ

११ फाल्गुन २०८०, शुक्रबार १८:२५
नेपालगञ्ज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको बताएका छन् । नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले शुक्रवार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक […]