सदरलाइनडटकम
१ जेष्ठ, नेपालगन्ज : मंगलबारदेखि नेपालगन्जमा नेपाल एजुकेशन फेयर सुरु हुदैछ । बुधवारसम्म चल्ने भेला एजुकेशन फेयर विजनेश प्लस टेलिभिजनको आयोजना तथा भक्ति दर्शन टेलिभिजनको सहआयोजनामा हुन लागेको हो ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भईसकेको कार्यक्रम संयोजक राजकुमार चन्दले बताए । यसअघि कार्यक्रमको पुर्वसन्ध्यामा हिजो बाँके र बर्दियाका प्रधानाध्यापकहरुको भेला सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशस्तरीय शैक्षिक बहस हुनेछ ।
