बाँकेमा खानेपानीको पहुँच नपुगेका ठाउँमा पानीको अभाव

सदरलाइन संवाददाता ७ असार २०८०, बिहीबार १४:०३
 

नेपालगञ्ज : केही महिनादेखिको खडेरी र गर्मीले तराईको जनजीवन निकै कष्टकर बन्दै गएको छ । अझ पानीको स्रोत सुक्दै गएपछि बाँकेको कोहलपुर र नेपालगन्ज क्षेत्रका अधिकाँश घरहरुमा हाते नलबाट पानी आउन छोडेको छ ।

खानेपानीको पहुँच नपुगेको क्षेत्रमा हाते नलको पानी सुकेपछि यस क्षेत्रका मानिसकी दैनिकी कष्टकर बन्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका मा ४ महिनादेखि हाते नलमा पानी सुकेको बताउँछिन् स्थानिय लक्ष्मी केसी ।

४ महिनादेखि हाते नलबाट पानी आउनै छाडेपछि पिउन र कपडा सफाई गर्न लगायत अन्य घरायसी कामको लागि निकै समस्या भएको छ ।

पानीको समस्या समाधानको लागि कसैले पनि चासो नदिएकोमा स्थानिय चिन्तित छन् । दैनिक आवश्यक पर्ने पानीको व्यवस्थापनमा स्थानीय तह र सरोकारवाला निकायले समेत ध्यान नदिदा यहाँका बासिन्दा समस्यामा परेको बताउछिन् स्थानिय सायरा बानो । यस क्षेत्रको सबै ठाउँमा खानेपानीको पहुँच नपुगेकोले पनि पानीको समस्या भएको बताउँछन् स्थानीय ।


हाते नलमा पानी नआएर निकओ समस्या भएकोले नेपालगन्ज उपमहानगरपालिकामा गुनासो लिएर जाँदा पनि गुनासोको सुनुवाइ नभएको स्थानियको दुःखेसो छ ।

चर्को गर्मिकै कारण बाँकेको कोहलपुर नेपालगञ्ज, खजुरा, बैजनाथ, नरैनापुर, राप्तिसोनारी लगायतका पालिकाहरुमा समेत हाते नलको पानी सुक्दै गएको त्यस क्षेत्रका स्थानियले जनाएका छन् ।

बर्षेनी हाते नलमा पानी सुक्दै जाने समस्या बढ्दै जाने हो भने स्थानिय सरकार र सम्बन्धित निकायले दीर्घकालीन रुपमा समस्या समाधानको पहल गर्न जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल

७ असार २०८०, बिहीबार १४:०३
नेपालगञ्ज : लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ । प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै […]