कोभिडमा जनसेवामा खटेकी नमुना घरदैलोमै व्यस्त

सदरलाइन संवाददाता २३ कार्तिक २०७९, बुधबार १९:३१
 
फाईल तस्वीर

नेपालगञ्ज  : आगामी मंसिर ४ मा सम्पन्न हुने निर्वाचनको बेलामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त हुँदा बाँके निर्वाचन क्षेत्र १ क की गठबन्धनकबाट उम्मेदवार बनेकी कृष्णा केसी नमुना पनि घरदैलोमै व्यस्त छिन ।

दुई वर्ष अघि केभिड–१९ (कोरोना भाइरस) विश्वभरि फैलिँदो अवस्थामा थियो । कोरोना भाइरस नेपालमा समुदायसम्मै पुग्यो । अस्पतालमा कोरोना संक्रमितहरूले आइसीयू बेड, अक्सिजन र भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेका थिए ।

त्यस्तो अवस्थामा पनि उनी जनताकै घरखदैलोमा पुगेकी थिईन । संक्रमितको संख्या दैनिक उकालो लाग्दो थियो । भारतसँग सीमा जोडिएको बाँके पनि कोरोना भाइरसको उच्च जोखिममा थियो । बाँकेको नरैनापुर त झन कोरोना भाइरसको ‘हट स्पट’ नै बन्यो । जतिबेला मानिसहरु घरबाट बाहिर निस्कन बन्दाबन्दी (लकडाउन) लगाइएको थियो । एक व्यक्ति अर्काेसँग भेट्नै डराउँथे । कोरोना संक्रमितको व्यवस्थापनमा ठूलो चुनौती थियो । त्यतिबेला नरैनापुरका संक्रमितलाई औषधि उपचारसँगै क्वारिन्टाइनको व्यवस्थापन गर्नुपर्ने ।

यस्तो अवस्थामा जनतालाई साथ दिन स्वास्थ्यकर्मीले महŒवपूर्ण भूमिका निर्वाह गरे । जनतालाई रोगले सताइरहेका बेला सहयोग गर्नुको साटो नेताहरु घर बाहिर निस्केनन् । जब कि, व्यवस्थापनको भूमिका नेतृत्वले सावधानीपूर्वक गर्न सक्थ्यो । तर, कोरोनाको राताम्मे उचाइका अगाडि नेताहरु डराए । यी भीडमा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् सहइञ्चार्ज कृष्णा केसी
(नमुना) ले सहास र हिम्मत गरिन् ।

ज्यानै धरापमा राखेर कोरोना छिचोल्दै जनताको सुरक्षाका लागि तल्लीन भइन् । उनलाई त्यतिबेला घरपरिवार र समाजले जोखिम नमोल्न दबाब दिए । तर उनले जनतालाई बचाउन आफ्नो ज्यान जोखिममा राखेर क्वारेन्टाइन व्यवस्थापन, कोरोना भाइरस संक्रमितको व्यवस्थापनमा भूमिका निर्वाह गरिन् ।

जतिबेला राजनीतिक दलहरू सत्ताकै गठजोडमा व्यस्त थिए । यस्तो बेला विभिन्न व्यक्ति, संघसंस्थाहरू भने बिरामी र अस्पतालका सारथि बनेर अगाडि देखिएनन् । ‘यस क्षेत्रका बासिन्दाको जीवन रक्षा र सुरक्षाका लागि मैले सहयोग गरेको हुँ,’ उनले भनिन्, ‘यो सहयोग मात्र होइन, मेरो कर्तव्य र जिम्मेवारी पनि हो ।’ आफ्नो प्रयासपछि धेरै नागरिकको ज्यान जोगिएको भन्दै उनले खुसी व्यक्त गरिन् ।


स्वास्थ्यकर्मीबाहेक अरु कसैले वास्ता नगरेपछि कोरोना भाइरस न्यूनीकरण र यहाँका नागरिकलाई सुरक्षित बनाउन आफूले हातेमालो गरेको उनले बताइन् । ‘सहयोग सेवा वा धर्म मात्र होइन, नागरिक दायित्व पनि हो । मान्छेलाई पर्दा मान्छेले साथ दिने हो,’ उनले
भनिन् ।

उनले जुन क्रियाशीलताले बिरामीको ज्यान मात्रै बचेन स्वास्थ्यकर्मीको हौसलासमेत बढेको थियो । ‘बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने खतरा त ट¥यो,’ नरैनापुरका स्थानीय ईस्लाम खाँले भने, ‘योसँगै जनतालाई पर्दा कसले सहयोग गर्दाे रहेछ भनेर पनि
चिनियो । नमुना जोखिम मोलेर बाहिर ननिस्केको भयो नरैनापुरले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था हुन्थ्यो,’ उनले भने, ‘हामीले सही मान्छेलाई २०७४ सालको चुनावमा छनोट गरेका रहेछौंँ ।’

नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई आफ्नो जिल्लामा सुरक्षित पु¥याउन, नाकामै क्वारेन्टाइन र आइसोलेसन निर्माणलगायतमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरिन् । पहिलो लकडाउनका बेला चैत ११ गते नमुनाले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखिन्, ‘जिल्ला प्रशासन कार्यालयमार्फत म व्यक्तिगतरुपमा कोरोना भाइरस न्यूनीकरणका लागि सहयोग गर्छु ।’

त्यतिबेला उनको उक्त स्टाटसमा कमेन्ट यति आएकी उनलाई पूरै पढ्न पनि हम्मेहम्मे भयो । कतिले फोन गरे । त्यतिबेला धेरैले उनको उक्त कार्यको लागि प्रशंसा गरे र यसमा आफूले पनि सहयोग गर्ने वचन दिए । यो सम्भवतः पहिलो थियो । नेपालमा यसरी व्यक्तिगत सहयोग गर्न कसैले सुरुवात गरेका थिएनन् । त्यसैले पनि सबैले कार्यलाई सहयोग गरे ।

धेरैजनाले सहयोग गर्ने वचन दिएपछि नमुनाले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिन् । त्यतिबेला प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहयोग संकलन गर्ने र वितरण गर्ने सोचमा थिइन् उनी । तर प्रमुख जिल्ला अधिकारीले सर्वदलीय बैठक बसेर आफैँ नेतृत्व गर्न सुझाव दिए ।

सबै दल तथा पालिका प्रमुख र उपप्रमुखसहितको बैठक बसालिन् र उनीहरुले नमुनाकै संयोजकत्वमा समिति बनाए । त्यतिबेला ५० हजारबाट सुरु भएको अभियान करिब १२ लाख रुपैयाँसम्म पुगेको थियो । बैंकीङ प्रणालीमार्फत पारदर्शीरुपले उक्त रकम वितरण गरियो । जसले विपद्मा ठूलो राहत पुग्यो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

२३ कार्तिक २०७९, बुधबार १९:३१
नेपालगञ्ज : बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति […]