भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा, ओलीद्धारा स्वागत

२८ बैशाख २०७५, शुक्रबार ११:५३
 

सदरलाइनडटकम
२८ बैशाख, नेपालगन्ज :  नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् ।
मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए ।
मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिरमा आएका छन् । मोदीले त्यहाँ पूजा गरेका छन् ।
जानकी मन्दिरमा पूजा गरिसकेपछि ओली र मोदीले जनकपुर—अयोध्या सीधा बस सेवाको शुभारम्भ गर्नेछन् । त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा जनकपुर उपमहानगरले अभिनन्दन गर्ने कार्यक्रम छ ।
जनकपुर आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

Next Post

भारतको श्रावस्तीमा वस दुर्घटना परेर एक नेपालीको मृत्यु, ३४ घाइते

२८ बैशाख २०७५, शुक्रबार ११:५३
सदरलाइनडटकम  २८ बैशाख, नरैनापुर(बाँके) : शुक्रबार भारतको श्रावस्ती मलिनपुरमा भएको बस दुर्घटनामा परेर बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका १ जनाको ज्यान जानुको साथै ३४ जना घाइते भएका छन् । सो दुर्घटनामा परी कालाफाँटाकी राबिया बेगम खाँको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका मध्ये ९ जनाको अवस्था […]