सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा मंगलवार राती एक हार्डवयर पसलमा चोरी भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १५ नवबिहानी टोलस्थित दंगाली हार्डवयरमा चोरी भएको हो ।
अशोककुमार चौधरी र जिवन श्रेष्ठले संयुक्तरुपमा सञ्चालन गर्दै आएको पसलको भित्ता फोडी चोरी गरेको पीडितले बताएका छन् । चोरले भित्ता फोडेर पसलमा रहेको ७० हजार नगद र एक थान ल्यापटप लगेको पीडित चौधरीेले जानकारी दिए । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
