स्व. रुक्मिणी शाहको १० औं वार्षिक पूण्यतिथीमा ब्रेनट्युमर पीडितलाई उपचार सहयोग

२७ बैशाख २०७५, बिहीबार २२:२३
 

सदरलाइनडटकम
२७ बैशाख, नेपालगन्ज : बासकी पूर्ब केन्द्रीय स्व. सदस्य रुक्मिणी शाहको १० औं बार्षिक पूण्यतिथीमा बासले बाँके सीतापुर माईती भई बर्दिया ठाकुरद्धारा घर भएकी ब्रेन ट्युमर पीडित लक्ष्मी शाहीलाई उपचार सहयोगार्थ ५ हजार सहयोग हस्तान्तरण गरिएको छ ।
बास केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बिहीबार सो सहयोग हस्तान्तरण गरिएको हो । बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाहले संयुक्त रुपमा पीडित शाहीकि आमालाई सहयोग प्रदान गरिएको थियो । स्व. शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट सहयोग प्रदान गरिएको हो ।
कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवंगत रुक्मिणीका दाजु नमस्कार शाहले बहिनीको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरि रहेको बताए ।
कार्यक्रममा बोल्दै बासका पूर्ब केन्द्रीय अध्यक्ष भाईराजा श्रीबास्तवले रुक्मिणीका मार्फत बासमा प्रबेश गरेको भन्दै उनले बासलाई रुक्मिणीले दिएको योगदानको चर्चा गरे ।
कार्यक्रममा बोल्दै बासका पूर्ब सचिव ओविराज आचार्यले पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाह ईमान्दार, कर्तव्यनिष्ठ व्यक्ति भएको बताए ।
बासकी केन्द्रीय कोषाध्यक्ष लुना बुढाथोकीले ईमान्दार, निष्ठावना व्यक्ति गुमाउँदको पीडा अभिव्यक्त गर्न नसकिने खालको हुने बताईन् ।
क्रियटिभ ह्याण्डस्का टिएस ठकुरीले समाजमा राम्रो छबि बनाएकी रुक्मिणीको अभाव सधैं भईरहने बताउँदै उनको सपना पूरा गर्न सबै लाग्नु पर्ने बताए ।
बास सम्शेरगञ्ज उपशाखा अध्यक्ष तथा शिक्षक जित बहादुर थापाले शाहको देहान्तबाट समाजले एक असल व्यक्ति गुमाउनु परेको अनुभव सुनाए ।
गैसस महासँघ बांकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाहले रुक्मिणी माथि अन्याय गर्नेहरुका बिरुद्ध लामो समय कानुनी लडाईं लडेको बताउँदै उर्जावान रुक्मिणीको अभाव सधैं खड्किरहने बताए ।
बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागितामा सम्पन्न कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो ।
बासका उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए ।
अक्षयकोषमा सहयोग :
आज आयोजित कार्यक्रममा बासका पूर्ब सचिव ओविराज आचार्यले रुक्मिणी स्मृति अक्षय कोषमा ५ हजार बासका कार्यकारी निर्देशक तथा रुक्मिणीका दाजु नमस्कार शाहलाई प्रदान गरे भने पूर्ब अध्यक्ष भाईराजा श्रीबास्तबले ५ हजार, क्रियटिभ ह्याण्डसका टीएस ठकुरीले १० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।
बासले यस अघि सरस्वती उच्चमाविमा अध्ययनरत सरस्वती चौधरीलाई कक्षा ९ देखि १० सम्म पढ्नका लागि सहयोग गरेको थियो ।
शाहको सम्झनामा स्थापित अक्षयकोषबाट अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ । शाहको स्मृतिमा बासले ८० हजारको रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ ।
२०६५ बैशाख २७ गते खासकारकाँदौमा बास पूर्ब केन्द्रीय सदस्य शाहका पति लगाएतले उनको दिउसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।  

Next Post

कोहलपुरको विकासे काम तोकिएको मापदण्ड अनुसार भएको छैन् : उपमेयर चौधरी

२७ बैशाख २०७५, बिहीबार २२:२३
सदरलाइनडटकम २८ बैशाख, कोहलपुर (बाँके) : आर्थिक वर्षको अन्तिम दुई महिना बाँकी रहँदा बाँकेका विभिन्न स्थानीय तहमा विकासे योजनाका कामहरु तीब्र गतिमा सञ्चालनमा आउदा तोकिएको मापदण्ड अनुसार काम नभएको पाईको छ । कोहलपुर नगरपालिकाकी उप–मेयर सञ्जुकुमारी चौधरीले कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालनमा ल्याएको अधिकांश योजनाहरु तोकिएको मापदण्ड अनुसार […]