बाँकेमा कोरोना भाइरस संक्रमणको जाँच गरिने

१९ माघ २०७६, आईतवार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : उत्तरी छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिन बाँकेस्थित सीमानाका जमुनाहामा जाँच गरिने भएको छ । नेपाल भारत सीमानाका जमुनाहास्थित हेल्थ डेस्कले सोमवारदेखि नेपाल भित्रिने नागरिकहरुमा संक्रमण भए नभएको जाँच गर्ने भएको हो ।
कोरोना भाइरसका कारण चीनसहितका केही देशमा संक्रमित व्यक्तिहरुको संख्या प्रतिदिन बढ्दै गएपछि सतर्कता अपनाउन जाँच गर्ने बताइएको छ । नेपालमा चीनबाट कोरोना भाइरसको संक्रमण फैलनसक्ने सम्भावना उच्च भएकाले चीन नाकामा नेपालले निगरानी बढाएको छ ।
जमुनाहा नाकामा रहेको हेल्थ डेस्कले नेपाल भित्रिने बिरामी तथा शंकास्पद व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था पहिचानका लागि जाँच गर्ने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत डिल्लीराज पोखरेलले जानकारी दिए ।
संक्रमण अवस्था पहिचानलाई सहज बनाउन हेल्थ डेस्कमा सोमवारदेखि दुई जना कर्मचारी खटिने भएका छन् । जनस्वास्थ्य अधिकृत पोखरेलका अनुसार नाकामा रहेको डेस्कले भारतबाट आउने शंका लागेका व्यक्तिहरुको जाँच गरी अवस्थाअनुसार अस्पताल रिफर गर्नेछ ।
विशेषगरी बिरामी भएका, रुघाखोकी लागेका र शंकास्पद व्यक्तिको जाँच गरिनेछ । त्यसकालागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने भन्दै उनले शंका लागेका व्यक्तिलाई स्क्यान गरी उच्च ज्वरो आएको खण्डमा सो व्यक्तिलाई अस्पताल पठाइने बताए ।

Next Post

सार्वजनिक शौचालय हस्तान्तरण

१९ माघ २०७६, आईतवार १८:३२
सदरलाइनडटकम, नेपालगञ्ज : एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत नेपालगञ्जमा निर्माण गरिएका दुईवटा अत्याधुनिक सार्वजनिक शौचालय उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । ८१ लाखको लागतमा भेरी अस्पताल अगाडी र मासु मण्डी नजिकै निर्माण गरिएका अपांगमैत्री अत्याधुनिक सार्वजनिक शौचालय आइतवार नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण […]

ताजा अपडेट