भारतबाट दुई नेपाली बालश्रमिकको उद्धार

सदरलाइन संवाददाता १९ माघ २०७८, बुधबार १६:२७
 

नेपालगञ्ज : भारतको लखनउ शहरमा रहेका दुई जना नेपाली बालश्रमिकहरुलाई उद्धार गरि नेपालगञ्ज ल्याइएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाको समन्वयमा श्री एन्जल्स जयसपुर बाँके र देहात संस्था रुपईडिहा भारतको सक्रियतामा गढीमाइ नगरपालिका ७ रौतहट घर भएका १७ बर्षीय बालक इब्रान शेख र अवलसिङ सुर्खेतका १६ बर्षीय बिकास थापालाई उद्धार गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।


इलाका प्रहरी जमुनाहाको समन्वयमा लखनऊ गएर दुबै बालश्रमीक बालकहरुलाई उद्दारगरी नेपालगञ्ज ल्याइएको एसपी अधिकारीले बताए । उद्धार गरि ल्याइएका दुबै बालकहरुलाई पुनःस्थापनाका लागि नेपालगञ्जमा रहेको सिविन नेपाल बाँकेको जिम्मा लगाइएको छ । उद्धार गरिएका दुबै बालकहरु लामो समयदेखि भारतको लखनऊमा बालश्रमीकको रुपमा कार्य गर्दै आएका पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीको सीमा क्षेत्रमा सक्रियता तीब्र चोरी निकाशीमा कडाई

१९ माघ २०७८, बुधबार १६:२७
नेपालगञ्ज  : भन्सार छलेर नेपाल भित्रिने सामानमा सशस्त्र प्रहरीले कडाई गर्दै आएको छ । सीमा क्षेत्रबाट हुने तस्करी रोक्न चोरी निकाशीमा कडाई गरिएको जनाईएको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज–१५ पिप्रहवा सिमा नाकाबाट डेढ क्विन्टल माछा र माछा तस्करीमा प्रयोग भएको […]