ठुलो परिमाणको गरगहनासहित दुईजना पक्राउ

सदरलाइन संवाददाता ३ फाल्गुन २०७८, मंगलवार १६:३५
 

नेपालगञ्ज : दैलेख प्रहरीले ५५ लाख बराबरको गरगहना सहित दुईजनालाई पक्राउ गरेको छ । कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुङ्गाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २६ वर्षीय दीपक पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।


सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरो जाँच गर्दा उक्त गाडीमा सो गरगहना बरामद भएको हो । बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसिसी टेबुल गरे गठबन्धन तोड्ने : नेता महरा

३ फाल्गुन २०७८, मंगलवार १६:३५
नेपालगञ्ज: नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपाली काँग्रेसले एमसिसी टेबुल गरेको खण्डमा नेकपा माओबादी केन्द्रले गठबन्धन तोड्ने बताएका छन् । प्रथम कोहलपुर नगर कमिटिको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै नेता महराले सो कुरा बताएका हुन् । उनले सरकारले एमसिसी संसदमा ल्याएको खण्डमा माओवादी केन्द्रले गठबन्धनका नाममा पास नगर्ने जानकारी दिए । […]