राप्तिसोनारी हुँदै नरैनापुरको सुइया बगौडासम्म पुगे ढकाल

सदरलाइन संवाददाता १० मंसिर २०७९, शनिबार १४:०८
 

राप्तीसोनारी (बाँके) : प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भैइसकेपछि नेकपा एमाले बाट निर्वाचित भएका सुर्य ढकाल स्थानीय मतदातालाई धन्यवाद ज्ञापन गर्न राप्तिसोनारी हुँदै नरैनापुर सुईया बगौडा सम्म पुगेका छन् ।

ढकाल नरैनापुर पुगेपछि स्थानिय युवा जनता र मतदाता निकै उत्साहित हुँदै पालिकाका छ वटै वडाक फुलमाला अबिर लगाई स्वागत गरेर बिजय जुलुस निकालेका थिए ।


हाम्रो समस्या बुझ्ने नेता पाएको मा हामी निकै खुसी छौ भन्दै ढकाललाई नरैनापुरका मतदाताले समग्र बिकासमा आफ्नो तनमन लगाउन आग्रह समेत गरेका छन् । निर्वाचन जितेर पहिलो पटक नरैनापुर पुगेका ढकालले आफ्नो कार्यकाल भित्र आफुले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके २ मा काँग्रेस उम्मेदवारको जमानत जफत

१० मंसिर २०७९, शनिबार १४:०८
नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उमेदवारको जमानत जफत भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्रै पाएका छन् । यो क्षेत्रमा राप्रपाका धवलशमशेर राणा विजयी भएका छन् । उनले २९ हजार ५ सय ७७ मत […]