हिल्साबाट निर्माण सामग्री आयात

सदरलाइन संवाददाता २ माघ २०७९, सोमबार १३:५८
 

हुम्ला : चीनसँगको सिमाना हिल्सा नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री आयात भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनले तीन दिनमा ३३ ट्रक र साना गाडीमा निर्माण सामग्री नेपाल भित्रिएको बताइन् । यसअघि चिनियाँ पक्षले आवश्यकताअनुसार हिल्सा नाकाबाट निर्बाध सामान एकतर्फी रूपमा पठाउन सकिने जनाएको थियो ।


सोहीअनुरूप हिल्सा र सिमकोटका व्यवसायीले निर्माण सामग्री आयात गरेका हुन् । आयातित सामग्रीमध्ये १० हजार छ सय बोरा सिमेन्ट, चार ट्रक छड रहेको जनाइएको छ । कोरोना महामारीपछि चीनले पुस १३ देखि एकतर्फी नाका खुलाएर १८ गाडी खाद्यान्न र लत्ताकपडा हिल्सा पठाएको थियो । उनले चीनबाट अब इन्धन आयातका लागि पनि छलफल भइरहेको पनि जानकारी दिइन् ।

सडक यातायात नजोडिएकाले हवाई मार्गबाट माथिल्लो हुम्ला भित्रिने सामग्रीको मूल्य चीनबाट आयात भएकोभन्दा महँगो पर्छ । यी सामग्री हिल्साबाट आयात भएपछि विकास निर्माणका काम गर्नसमेत सहज हुनेछ तर हिमपात नहुँदै हिल्साबाट ती सामग्री सिमकोट भ्याइसक्नुपर्ने बाध्यता व्यापारीलाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको एक होटलबाट नक्कली नोटसहित मेशिन बरामद

२ माघ २०७९, सोमबार १३:५८
नेपालगञ्ज : प्रहरीले नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेशिनसहित नक्कली नोट बरामद गरेको छ । नेपालगञ्जको धम्बोझीचोकस्थित पाहुना घरबाट नक्कली नोट छाप्ने मेशिनसहित केही थान नक्कली नोट जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको हो । पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ […]

सम्बन्धित