बाँकेका विपन्न विद्यार्थीलाई कतार च्यारेटीको चारलाख बढी सहयोग

२६ कार्तिक २०७५, सोमबार १८:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेका विपन्न तथा अनाथ र अपांगता भएका बालबालिका तथा विपन्न विद्यार्थीहरुलाई कतार च्यारेटीले ४ लाख बढी आर्थिक सहयोग उपलब्ध गराएको छ । कतार सरकारको सहयोग तथा कतार च्यारेटी नेपालले बाँके युनेस्को क्लबको संयोजनमा सोमबार नेपालगन्जमा ती विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराएको हो ।
बाँके जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालय, मदरसा र बोर्डिग स्कुलमा अध्ययनरत ३३ जना अनाथ, अपांगता भएका तथा गरिब बालबालिकालाई नगद सहयोग उपलब्ध गराइएको बाँके युनेस्को क्लवका अध्यक्ष प्रवेज अलि सिद्दिकीले जानकारी दिए । १७ वर्ष मुनिका बालबालिकाहरुलाई नगद ६ हजारदेखि ३२ हजारसम्म सहयोग स्वरुप छुट्टाछुट्टै चेक हस्तान्तरण गरिएको थियोे ।
३३ जना बालबालिकालाई जम्मा नगद ४ लाख २३ हजार बराबरको सहयोग गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा प्रमख मनप्रसाद रेग्मीले बाँकेमा मधेशी तथा मुस्लिम समुदायका अभिभावक बढी निरीक्षर भएकाले उनीहरुलाई साक्षर बनाउनुपर्ने जोड दिदै ति अभिभावकले शिक्षाको महत्व बुझी आफना बालबालिकाहरुलाई विद्यालय भर्ना गर्न आग्रह गरे ।
नेपाल सरकारले आफै शिक्षा क्षेत्रमा व्यापक लगानी गरेर गुणस्तरिय शिक्षाका लागि विषेश योजना ल्याउने भन्दै उनले विदेशी सहयोगले बालबालिकाहरुको शिक्षा आर्जनमा ठुलो मद्दत पुरयाउने बताए ।



कतार च्यारेटी काठमाण्डौका कार्यक्रम अधिकृत जियाउर रहमान खानले बाँकेमा बसोबास गर्ने मुस्लिम समुदायका अनाथ, गरीब तथा असाहाय बालबालिकाहरुले शुल्क तिर्न नसकेर राम्रो शिक्षा आर्जन गर्न नसकेको अवस्थामा यस्तो सहयोगका लागि पहल गरिएको बताए ।
युनेस्कोका कार्यक्रम संयोजक साजिद अली सिद्दिकीको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार निरज गौतम, कार्यकारी निर्देशक रवि तुलाधर लगायतको उपस्थिती रहेको थियो ।

Next Post

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदमुक्त

२६ कार्तिक २०७५, सोमबार १८:५४
सदरलाइनडटकम, धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दिर्घ सोडारी पदमुक्त भएका छन् । उनललाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् । आन्तरिक विवादका कारण उनलाई पदमुक्त गरिएको भट्टको सचिवालयले जनाएको छ । सोडारी निकट स्रोतले पार्टीको आन्तरिक गुटबन्दीका कारण मन्त्रीबाट हटाइएको आरोप लगाएको छ । सोडारी एमालेका कैलाली जिल्ला अध्यक्ष हुन् […]

सम्बन्धित