पशु स्वास्थ्य सेवा प्रभावकारी, पशु चौपाया मृत्युदर घटयो

५ बैशाख २०७५, बुधबार १७:४४
 

सदरलाइनडटकम
५ बैशाख, नेपालगन्ज    :  बाँकेको डुडुवा गाउँपालिकामा शुरु गरिएको घर घरमा पशु स्वास्थ्य सेवाले पशु मृत्युदर घटेको छ । गाउँपालिकाले अहिले घर घरमा निशुल्क पशु औषधी उपचार गर्न थालेपछि पशु जनावारको मृत्युदर घटेको हो ।
समयमा औषधी उपचार नपाएर अधिकास पशु चौपाया रोगबाट मर्ने गरेको गाउँपालिकाका पशु चिकित्सक अशोक कुमार पाण्डेले बताउनुभयो । उहाँका अनुसार फागुन १ गतेदेखि शुरु गरिएको अभियानपछि दुई महिनाको अवधीमा एउटा पनि पशु चौपाया मरेका छैनन । उनले भने—‘गाउँपालिका अन्र्तगत पशु जनावर विरामी पर्नेवित्तिकै हामीलाई फोन आउछ अनि तत्काल किसानका घरमै पुगेर निशुल्क औषधी उपचार गर्छौ’ ।
पशु औषधी उपचारका लागि ७ जना पशु स्वास्थ्यकर्मी परिचालन गरिएका छन । उनीहरुले किसानका घर घरमा गएर भ्याक्सिन दिने, रोग परिक्षण गर्ने, गोबर जाँच गर्ने, पशु स्वास्थ्य परामर्श, दूध परिक्षण, पशु रोगबारे सचेतना, विभिन्न घास लगायतका विषयमा जानकारी गराइरहेको छन ।
गाउँपालिकाले यस्तो अभियान संचालन गरेपछि आफना पशु चौपायाको घरमै निुशल्क उपचार भएपछि किसानहरु खुशी भएका छन । पहिला पशु चौपाया विरामी हुदा नेपालगन्ज लैजानुपर्ने बाध्यता हटेको छ भने समयमा उपचार पाउनमा सहज भएको उनीहरु बताउछन ।
सेवाका लागि गाउँपालिकाले ९ हजार पशु स्वास्थ्य कार्ड वितरण गरेको जनाएको छ । सो सेवा कार्डमार्फत गाई, भैसी, भेडा बाख्रा, गोरु, रांगा, कुकुर लगायतको उपचार गरिन्छ । गाउँपालिकाले विशेष गरि शिक्षा स्वास्थ्यको अवस्था सुधार ल्याउनका लागि अभियानमार्फत सेवाको प्रभावकारिताको कार्यलाई अघि बढाएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बताए ।

Next Post

खजुराका ज्येष्ठ नागरिकलाई किटनाशक झुल र टर्चलाईट

५ बैशाख २०७५, बुधबार १७:४४
सदरलाइनडटकम,  ५ बैशाख, खजुरा (बाँके) : बाँकेको खजुरागाउँपालिका वडानम्वर ५ का ज्येष्ठ नागरिकलाई बुधबार झुल तथा टर्चलाइट वितरण गरिएको छ । लक्षित वर्गको बजेटबाट वडा नम्वर पाँचमा रहेका २ सय ३० जना ज्येष्ठ नागरिकलाई किटनाशक झुल र टर्चलाइट वितरण गरिएको वडाअध्यक्ष देवेन्द्रमान श्रेष्ठले जानकारी दिए । ज्येष्ठ नागरिकलाई लामखुट्टे देखि […]

सम्बन्धित