सदरलाइनडटकम,
५ बैशाख, खजुरा (बाँके) : बाँकेको खजुरागाउँपालिका वडानम्वर ५ का ज्येष्ठ नागरिकलाई बुधबार झुल तथा टर्चलाइट वितरण गरिएको छ । लक्षित वर्गको बजेटबाट वडा नम्वर पाँचमा रहेका २ सय ३० जना ज्येष्ठ नागरिकलाई किटनाशक झुल र टर्चलाइट वितरण गरिएको वडाअध्यक्ष देवेन्द्रमान श्रेष्ठले जानकारी दिए ।
ज्येष्ठ नागरिकलाई लामखुट्टे देखि जोगाउन किटनाशक सुपानेट झुल वितरण गरीएको वडा अध्यक्ष श्रेष्ठले बताए । गर्मि बढ्दै गएकाले लामखुट्टेको टोकाईले लाग्ने रोगबाट जोगाउन गाउँपालिकाले अधिकाश ज्येष्ठ नागरिकलाई प्रत्येक वडा कार्यलय मार्फत सुपानेट झुल वितरण गर्दे आएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडा अध्यक्ष श्रेष्ठले आगामि योजनामा थप सेवा प्रदान गर्ने जनाए । यसअघि खजुरा गाउँपालिकाका विभिन्न वडाहरुले वडावासी ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिसकेका छन् ।
Next Post
लुम्बिनी यात्रीज र रोल्पा गोरिल्लाज विजयी
५ बैशाख २०७५, बुधबार १८:२९
सम्बन्धित
-
१९ कार्तिक २०७९, शनिबार १४:३१
गठबन्धनका उम्मेदवारलाई जिताउन पुर्वजनमुक्ति सेना प्रतिवद्ध
-
३ पुष २०८०, मंगलवार १७:२८
वृहद् नागरिक सम्मेलनद्वारा १४ बुँदे घोषणापत्र जारी
-
१९ भाद्र २०७५, मंगलवार १८:००
रेडक्रस दिवसमा विविध कार्यक्रम
-
१५ फाल्गुन २०७७, शनिबार १८:५०
कोहलपुरमा चक्काजाम
-
२६ असार २०७३, आईतवार १४:५६
आन्तरिक राजस्व कार्यालय नेपालगन्जको सूचना
-
१९ कार्तिक २०७६, मंगलवार १६:३०
विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण