जमुुनाह क्वारेन्टाइनका घरजान नपाउदा आन्दोलित

४ बैशाख २०७७, बिहीबार १८:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालगञ्जको जमुनाह दशगजाको क्वारेन्टाइनमा बिगत १५ दिनदेखि बस्दै आएकाहरु गृह मन्त्रालयको आदेशमा घर जान नपाएको आक्रोशमा गाडी तोडफोड गरेका छन् ।

बिहीबार उनीहरु सबैको र्यापिड डाईगोनोस्टीक टेस्ट किट ‘आरडिटी’ प्रयोग गरी उनीहरुमा कोरोना भाइरसको संक्रमण भएनभएको परीक्षण गरिएको थियो । सो परिक्षणको नतिजा सबै नेगेटिभ आउदा पनि उनीहरुलाई घर जान नदिदा उनीहरु तोडफोडमा उत्रिएका हुन ।


नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणाले क्वारेन्टाइनमा एउटा गाडी तोडफोड भएको बताए । १५ दिन क्वारेन्टाइनमा बसेर घर फिर्ता पठाउनको लागि ६ वटा गाडी ल्याइएका थिए । उनीहरु गाडीमा बसेपछि गृहमन्त्रालयको आदेश भन्दै घर फर्कन रोक लगाइएको थियो ।

सो क्वारेन्टाइनमा १८१ जना छन् । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएपछी नेपालगञ्ज उपमहानगरपालिकाले आज घर पठाउने तयरी गरेको थियो ।

Next Post

बढैयातालमा विपन्न तथा एससी परिवारका लागि ११ लाखको राहत बितरण गरिँदै

४ बैशाख २०७७, बिहीबार १८:१७
सदरलाइनडटकम, बढैयाताल (बर्दिया) : नोबल कोरोना भाईरस (कोबिड–१९) को संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको कारण बर्दियाको बढैयाताल गाउँपालिमा जीवन गुजारा गर्न गाह्रो भएकाहरुका लागि राहत बितरण शुरु भएको छ । गाउँपालिकाको सहकार्यमा प्लान इन्टरनेशनल नेपालको सहयोगमार्फत गेरुवा ग्रामीण जागरण संघ बर्दियाले गाउँपालिका दुई वटा वडामा बिहीबारदेखि राहत बितरण शुरु गरेको […]