गणतन्त्र दिवसमा बाँकेबाट बाह्र कैदी रिहा

१५ जेष्ठ २०७६, बुधबार १६:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : गणतन्त्र दिवसका अवसरमा जिल्ला कारागार कार्यालय बाँकेबाट १२ जना कैदीबन्दी रिहा भएका छन् । दिवसका अवसरमा कारगारबाट एक महिलासहित १२ जना पुरुष रिहा भएका हुन् ।
अकिधांश सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी रिहा भएको जेलर भरत पाण्डेले बताए । रिहा भएका कैदीहरुले ५० प्रतिशत कैद भुक्तान गर्नुका साथै चालचलन राम्रो भएकाले बाँकी कैद मिनाहाका लागि सिफारिस गरिएको उनले बताए ।
जसमध्ये सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रमेशकुमार सार्की, शौभाग्यराज बुढा, प्रकाश थापा, पर्शुराम थारु, सुदीप थारु, राजाबाबु मौर्या र गोवर्धन थारु रहेका छन् ।
यस्तै कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका पदमबहादुर वली, कल्पना बिष्ट, चोरी डाँका मुद्दामा कैद भुक्तान गरिरहेका बटिमप्रसाद कुर्मी, अवैध काठ तस्करी मुद्दाका झुथारु थारु र जुवातास तथा सार्वजनिक अपराध मुद्दाका रेशमबहादुर घर्तीमगर रिहा भएको जेलर पाण्डेले जानकारी दिए । गम्भीर प्रकृतिको अपराधमा सजाय भुक्तान गरिरहेका कैदीहरुले भने यस्तो कैद सजायको छुट नपाउने उनले बताए ।

Next Post

मोटरसाईकल ठोक्किँदा चार घाईते, दुई गम्भीर

१५ जेष्ठ २०७६, बुधबार १६:५२
सदरलाइनडटकम, दाङ : दाङमा प्रहरी चढेका दुईवटा मोटरसाईकल एकआपसमा ठोक्किँदा चारजना घाईते भएका छन् । घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । दंगीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँमा बुधवार दिउँसो दुबै मोटरसाईकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दाङको तुलसीपुरबाट पश्चिम दाङतर्फ जाँदै गरको प्रहरी हवलदार कर्णबहादुर ओली सवार भे […]