सदरलाइनडटकम
४ बैशाख, रुकुम : पश्चिम रूकुमको चौरजहारी नगरपालिकाको गाडि मंगलबार विहान साढे ९ बजे दुर्घटनामा परेको छ । भे १ ज २४३ नम्वरको सो गाडि दुर्घटनामा हुँदा नगरपालिकाका मेयर विशाल शर्मासहित ७ जना घाइते भएका छन् ।
चौरजहारी नगरपालिका–११ मा आयोजित कार्यक्रममा जाँदै गर्दा चौरजहारी नगरपालिका वडा नम्वर ७ मेलैनाउलीमा जीप दुर्घटना भएको हो ।
घाइतेहरुको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेको चौरजहारी अस्पतालमा उपचार भरहेको छ । जीपमा सात जाना सवार थिए ।
