कृष्ण औंसीमा आमाको सम्झना

३ बैशाख २०७५, सोमबार १३:२८
 


सदरलाइनडटकम
३ बैशाख, नेपालगञ्ज ः चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । भक्तजनहरूले दिवंगत आमाको सम्झना गरेका छन् । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास छ ।
उक्त कुण्डमा वैशाख कृष्ण औँसीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा दिवंगत भएकी आफ्नो माताको स्वरुप देखेको किंवदन्ती पाइन्छ ।
नगरपालिकाका उपप्रमुख लीसा नकर्मीले त्यहाँ आउने भक्तजनको सुविधाका लागि सुरक्षाकर्मी, स्वयम्सेवकको व्यवस्थापन गरिएको जानकारी दिए । उनका अनुसार दिवंगत भएकी माता प्रसन्न भइदिएको आशीर्वादको प्रभावले छोराछोरीहरू शान्ति, सुखी र समृद्धि हुने पनि विश्वास गरिएको छ । उक्त स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्न गृहकार्य भइरहेको उपप्रमुख नकर्मीले जानकारी दिए ।
स्वस्थानी कथामा यो कुण्डमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको प्रसंग पाइन्छ । हिन्दू धर्मावलम्बीले जन्म दिने आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन मान्यता तथा विश्वासका साथ सो तीर्थस्थलमा मेला भर्न आउने गर्दछन् ।

Next Post

नेपालगन्ज क्रिकेट कप शुरु

३ बैशाख २०७५, सोमबार १३:२८
सदरलाइनडटकम    ३ बैशाख, नेपालगन्ज : ‘नेपालगन्ज क्रिकेट कप’ सोमबारदेखि शुरु भएको छ । कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको उद्घाटन पुर्ब यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले ब्याटिङ्ग गर्दै प्रतियोगिताको शुरुवात गरे ।  पौडेलले मिसन आठौै राष्ट्रिय खेलकुदलाई टेवा पु¥याउने र मैदानको स्तररोन्नति गर्ने कार्य […]