भेरीकाे ल्याबबाट नतिजा आउन सुरु, ९ काे नतिजा नेगेटिभ

८ बैशाख २०७७, सोमबार १०:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जकाे भेरी अस्पतालमा सञ्चालनमा ल्याईएकाे काेराेना परीक्षण ल्याबले पहिलाे दिन गरेकाे परिक्षणमा ९ जनाकाे काेराेना रिपोर्ट नेगेटिभ देखिएकाे छ । काेराेना परिक्षण ल्याव स्थपना भएपछि आईतबारबाट भेरीमा काेराेना परीक्षण सुरू गरीएकाे थियाे ।

आईतबार गरीएकाे परिक्षणमा नेपालगन्ज मेडिकल कलेजकाे आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका ब्यक्ति सहित ९ जनामा कोरोना नभएको पुष्टि भएको भेरी अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिए ।

भेरी अस्पतालमा पिसिआर विधिबाट गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । उनकाे मृत्यु कोरोनाबाट नभएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


भेरी अस्पतालको पिसिआर मेसिनबाट परिक्षण गरिएका अन्य ८ जनाको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. थापाले जानकारी दिए ।

Next Post

अवैध भरुवा बन्दुकसहित महिला पक्राउ

८ बैशाख २०७७, सोमबार १०:०३
सदरलाइनडटकम, कैलाली : कैलाली प्रहरीले भरुवा बन्दुकसहित एक महिलालाई पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुकसहित स्थानीय धनसरा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घरमा अवैध बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा […]