नरैनापुरमा एमालेको प्रतिबद्धता पत्र सार्वजनिक

सदरलाइन संवाददाता २० बैशाख २०७९, मंगलवार १३:४६
 

बाँके(नरैनापुर): नेकपा एमाले नरैनापुर गाउँपालिकाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । नेकपा एमाले बाँके इन्चार्ज सुर्य ढकाल, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री आरती पौडेल, निर्वाचन परिचालन कमिटिका संयोजक राम कुमार दीक्षित, एमाले नेता सोहन लाल यादव, भारती खनाल, एमाले नरैनापुर गाउँपालिकाका उम्मेदवारले सार्वजनिक गरेका हुन् ।


सार्वजनिक कार्यक्रममा एमालेका जिल्ला इन्चार्ज सुर्य ढकाल भने, ‘परिवर्तन नरैनापुरको चाहना हो र नेकपा एमाले नरैनापुरलाई समृद्ध बनाउन चाहन्छ,’ परिवर्तको चाहना बोकेका नरैनापुरबासीको मत प्रतिवद्धता पत्रले जित्नेमा विश्वस्त छु ।’

एमालेबाट गाउँपालिका प्रमुखमा अध्यक्ष पदमा पदमावति यादव, उपप्रमुख पदमा पञ्चराम यादव, नरैनापुरको वडा नम्बर १ मा मलहे शेष, वडा नम्बर  २ मा मैसर खाँ, वडा नम्बर ३ मा ताज खाँ, वडा नम्बर ४ मा सुनैना मिश्र, वडा नम्बर ५ मा विनय दीक्षित र वडा नम्बर ६ मा शालिकराम यादवले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा एमाले उम्मदवार तथा मुस्लिम अगुवाबीच ईदको शुभकामना आदान प्रदान

२० बैशाख २०७९, मंगलवार १३:४६
कोहलपुर (बाँके) : नेकपा एमालेबाट कोहलपुर नगरपालिकामा मेयर पदका उम्मेदवार खिलप्रसाद भुसालले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्र ईदले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्ति अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । इद उल फित्र पर्वका अवसरमा उनले एक शुभकामना सन्देश जारी गरी भाइचाराको महत्त्वपूर्ण सन्देश दिने पर्वको रुपमा […]