न्यायका बारेमा सचेतना अभिबृद्धि गर्न कन्सर्ट गरिदै

सदरलाइन संवाददाता १५ बैशाख २०७९, बिहीबार १८:१३
 

नेपालगञ्ज :  न्याय र शान्तिका बारेमा सचेतना अभिबृद्धि गर्न नेपालगञ्जमा जस्टिस कन्सर्टको आयोजना गरिदैछ । देशको न्याय, कानून, लोक प्रशासन, स्थानीय सरकार र सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरुको सहभागितामा कन्सर्टको आयोजना गर्न लागिएको हो ।

ब्याप्त घृणा, द्वेष र कलह मेटाई मानवजाति बीच समानता, मर्यादा र न्यायपूर्ण ब्यवस्था कायम गर्नका लागि र न्याय, शान्ति र राज्यका संस्थाहरु मजबुत भएको सुन्दर समाज निर्माण गर्न लागि संगीतको माध्यमले सचेतनामुलक कन्सर्ट गर्न लागिएको आयोजकले जनाएको छ ।

‘न्याय विकासको जग हो’ भन्ने मान्यता लिएर दिगो विकास लक्ष्यको गोल १६ अर्थात् ‘शान्ति, न्याय र मजबुत संस्थाहरु’ निर्माणका लागि जनस्तरबाट योगदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । सूचनाको हकका लागि राष्ट्रिय महासंघद्वारा बैशाख १६ गते शुक्रवार साँझ ७ बजे नेपालगञ्जको मेरो प्लानेटमा कन्सर्ट गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।


महासंघका वरिष्ठ उपाध्यक्ष अधिबक्ता विश्वजित तिवारीले न्यायलय र जनताविचको सम्वन्ध प्रगाढ बनाउन र न्यायका बारेमा आम नागरिकमा संगितको माध्यमले सचेतना अभिबृद्धि गर्न लागिएको बताए । कन्सर्टमा दिगो विकास लक्ष्य अभियन्ता रोहन रत्न बागचन्दको प्रस्तुति रहनेछ ।

कन्सर्टका परिकल्पनाकार प्यारलिगलिज्म प्राकटिशनर प्रभाकर बागचन्दले वर्तमान परिस्थितीमा जनतालाई न्यायको अनुभुति नभएको अवस्थामा न्यायका बारेमा नागरिकलाई जागरुक बनाउनुपर्नेमा जोड दिए । कन्सर्टमा वागचन्दको एकल प्रस्तुती हुनेछ ।

नेपालमैं पहिलोपटक आयोजना हुन लागेको यस किसिमको कार्याक्रमले विभिन्न सरोकारवाला निकायको ध्यानाकषर्ण गराउने अपेक्षा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मत माग्दै घरदैलोमा व्यस्त एमाले नेपालगञ्जका उम्मेदवार

१५ बैशाख २०७९, बिहीबार १८:१३
  नेपालगञ्ज : आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि नेपालगञ्जमा चुनावी सरगर्मी सुरु  भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यसका लागि चहलपहल समेत तिब्र रुपमा बढेको हो । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा व्यस्त छन् । नेकपा एमाले […]