सदरलाइनडटकम
३० चैत, नेपालगञ्ज : बैशाख १ गतेबाट जेष्ठ ३१ गतेसम्म बाँके लगायत देशभर आर्थिक गणना शुरु गरिदैछ । बाँकेमा ७७ जना गणकहरु शनिबारबाटै आर्थिक गणनामा सहभागि हुन लागेको जिल्ला आर्थिक गणना कार्यालय बाँकेका प्रमुख पोपनारायाण पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार गणकहरुलाई प्रशिक्षण दिइसकेपछि पोख्त बनाई उनीहरुलाई गाउँ गाउँ परिचालन गरिएको छ । सबको सहयोगबाट आर्थिक गणना अभियान सफल हुने पौडेलले शुक्रबार सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । उनका अनुसार आर्थिक गणनाले देशको आर्थिक अवस्थाका बारे जानकारी गराउने र भविष्यका बिषयमा योजना सार्वजनिक गर्न सहयोग गर्ने छ ।
