बाँकेमा भेरोसेलको दोस्रो डोज आज लगाईंदै

सदरलाइन संवाददाता २२ असार २०७८, मंगलवार १३:५४
 

नेपालगञ्ज : बाँकेमा मंगलवार कोरोना भाइरसबिरुद्धको चिनिया खोपभेरोसेलको दोस्रो मात्रा लगाइँदै छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार मंगलवार जिल्लाका सबै स्वास्थ्य संस्थाबाट भेरोसेलको दोस्रो मात्रा लगाउन लागिएको हो ।

गएको जेठ २६ गते पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको खोप अधिकृत शर्माले जानकारी दिनुभयो । जिल्लाका आठ वटै स्थानीय तहका ८१ वटा वडामा भएका स्वास्थ्य संस्थामार्फत खोप लगाउने लक्ष्य भएपनि कुनै स्थानीय तहमा खोप लगाउने मात्रा अनुसार अर्को दिन खोप लगाउन सक्ने खोप अधिकृत शर्माले बताए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ८ हजार ५ सय ९० जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।


सरकारले बाँकेमा भेरोसेलको पहिलो मात्रा ६२ देखि ६४ वर्षका उमेरसमूहका जेष्ठ नागरिसँगै फ्रन्टलाइनरलाई दिने भनेको थियो । तर बाँकेमा भने लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुलाई पनि खोप दिएपछि विवाद भएको थियो । खोप लगाउन जाँदा कार्ड भने अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवारदेखि बाँकेमा सबै गाडी चल्न थाले

२२ असार २०७८, मंगलवार १३:५४
नेपालगञ्ज : बाँकेमा मंगलवारदेखि निर्वाधरुपमा गाडी चल्न थालेका छन् । निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याइए पनि जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि जिल्लाभित्र सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन दिने आदेश जारी गरेको थियो । यसअघि गत असार १४ गतेदेखि जोर विजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन […]