नेपाल गोल्डेन आईडल सिजन–५का बिजेता पुजन गुरुङ्गलाई गृहनगरमा सम्मान

२८ चैत्र २०७४, बुधबार १९:१५
 

सदरलाइनडटकम
२८ चैत, कोहलपुर (बाँके) : नेपाल गोल्डेन आईडल सिजन –५ का बिजेता पुजन गुरुङ्गलाई कोहलपुरमा सम्मान गरिएको छ । कोहलपुर उनको गृहनगर हो ।
गोल्डेन आईडल सिजन–५का बिजेता बन्न सफल पुजन गुरुङ्गलाई कोहलपुरमा सम्मान गरिएको हो । चैत २६ गते पोखरामा सम्पन्न भएको सो गायन प्रतियोगितामा कोहपुर निवासी पुजन गुरुङ्ग बिजयी हुन सफल भएका थिए ।
सो प्रतियोगितामा बिजेता बन्न सफल गुरुङ्गलाई उनी अध्ययनरत ग्रिन पिस माध्यमिक बिद्यालयले बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
उनले सो गायन प्रतियोगितामा नगद ३ लाख जित्न सफल भएका थिए । बिजेता गुरुङ्गलाई बिहीबार बिहान ११ बजे कोहलपुर नगर परिक्रमा गराउने पनि उनका शुभचिन्तक एबं आफन्त जनले बताएका छन ।
सम्मान कार्यक्रममा बोल्दै गुरुङ्गले आफुलाई यस स्थान सम्म पुर्याउन सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद समेत ब्यक्त गरेका थिए ।
उनले आगामी दिनमा यसरी नै सबैको साथ र सहयोग रहेको खण्डमा आफुले आझ राम्रो प्रस्तुतिका साथ अगाडि बढ्नका लागि होसला प्रदान हुने बताए ।


Next Post

नेपालगन्जमा हुने राष्ट्रिय खेलको मिति तय

२८ चैत्र २०७४, बुधबार १९:१५
सदरलाइनडटकम २९,चैत, नेपालगञ्ज :  आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बुधबार सातदोबाटोमा बसेको १०९ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले […]