सुदूरपश्चिम एमालेका पाँच बागी उम्मेदवार पार्टीबाट निष्काशित

सदरलाइन संवाददाता २८ आश्विन २०७९, शुक्रबार १४:५९
 

धनगढी : नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्यसमेत नहरने गरी निष्काशन गरेको हो ।


एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धित कमिटीले पार्टीबाट निष्काशन गरेको जानकारी दिए ।

उनका अनुसार प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा(२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका दिवसको अवसरमा मध्यपश्चिममा नेतृत्व लिदै किशोरीहरू

२८ आश्विन २०७९, शुक्रबार १४:५९
सुर्खेत : अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर देशभरका सयजना किशोरीले विभिन्न संस्था तथा निकायको नेतृत्व ‘गर्ल्स टेक ओभर अभियान’ अन्तरगत लिएका छन् । प्लान इन्टरनेशनलको ‘किनकी म किशोरी हो’ अभियानको पैरवीका कारण सन् २०११ मा संयुक्तराष्ट्र संघले हरेक वर्ष अक्टुबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिकादिवस सन् २०१२ […]