सदरलाइनडटकम,
नेपालगञ्ज : रुकुम घटनामा संलग्नमाथि कारवाहीको माग गर्दै नेपालगञ्जमा र्यालीसहित प्रदर्शन गरिएको छ । दलितसँग सम्बन्धित विभिन्न संघसंस्था र अगुवाको सहभागितामा आइतवार नेपालगञ्जमा र्यालीसहित प्रदर्शन गरिएको हो ।
दोषीलाई पक्राउ गरिए पनि मुद्दा दायर गर्न ढिलाई भएको बताउँदै प्रदर्शनकारीहरुले निर्दोषलाई बिनाशर्त रिहाईको माग गरेका थिए । विपि चोकबाट शुरु भएको र्याली गणेशमान चोक, चारवाहिनी, भेरी अस्पताल, जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चोक हुँदै पुनः विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा नेकपाका नेता एवम् संविधानसभा सदस्य दलबहादुर सुनारले रुकुममा भएको घटना अमानवीय भएको बताउँदै जातियताको आधारमा गरिने विभेदले दलित समुदायलाई हेपेको बताए ।
उनले जातियताको आधारमा विभेद गर्न नपाइने संविधानमा उल्लेख भएपनि सामाजिकरुपमा अन्त्य हुन नसकेको बताए । संविधानसभा सदस्य सुनारले दोषीमाथि कारवाही नभए सडक र सदनमा आन्दोलन गर्ने चेतावनी दिए ।