नेपलगन्ज–१७ मा गाईवस्तुको निशुल्क स्वास्थ्य जाँच

२५ चैत्र २०७४, आईतवार १६:५३
 

सदरलाइनडटकम   
२५ चैत, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिका वडा नंं १७ परसपुरमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै उप–महानगर पशु सेवा शाखाको आयोजनामा एक दिने पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
परसपुर दक्षिण आँपबगियामा आयोजना गरिएको शिविरको नेपालगन्ज उप–महानगरपालिकाका वडान १७ का अध्यक्ष अजयकुमार पाठकले बाख्रालाई जुकाको औषधि खुवाएर शिवीरको उदघाटन गरेका हुन ।
अध्यक्ष पाठकले पशुको स्वास्थ्य परिक्षणले पशुको स्वास्थ्य स्थिती पत्ता लागेसँगै क्षती नोक्सानी हुनबाट बचाउन सकिने विश्वास व्यक्त गरे । उनले पशुधनीलाई आफ्नो पशुको स्वास्थ्य जाँच गराउदै हुनसक्ने क्षतिबाट बच्नको लागि पुर्व सचेतना अपनाउन पनि अपील गरेका छन् ।
सञ्चालित शिविरमा पशु सेवा शाखाका डा. अपार पौडेल, जिल्ला पशु सेवाका पशु विकास अधिकृत गणेशबहादुर पुन, पशु सेवा प्राविधिक भोजबहादुर रावल र नायब पशु स्वास्थ्य प्राविधिक महेशसिंह ठकुरी लगायतले पशुको स्वास्थ्य जाँच गरेका थिए ।
एक सय १२ घरधुरीका ४ सय ५० पशुको स्वास्थ्य परिक्षण गरिएको डा पौडेलले जानकारी दिए । उनले शिविरमा आएका पशुको स्वास्थ्य परिक्षण, औषधोपचार गर्नुका साथै स्वास्थ्य सेचतना पनि दिईएको बताए ।


Next Post

खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चित

२५ चैत्र २०७४, आईतवार १६:५३
सदरलाइनडटकम २५ चैत, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । खजुरा गाउँपालिका अन्तरगत रहेका ८ वटै वडामा बस्ने सबै बालबालिकाले पाउनु पर्ने सबै खोप पाएकाले गाउँपालिकालाई आज आईतबार एक कार्यक्रमका वीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि २३ महिनासम्म […]

सम्बन्धित