बाँके ट्राफिक प्रहरीद्धारा पर्व लक्षित यात्रु सहयाता कक्ष स्थापना

सदरलाइन संवाददाता २१ आश्विन २०८०, आईतवार २२:३५
 

नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विभिन्न पर्वलाई लक्षित गरि तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ । दसैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरी बाँकेको नेपालगञ्ज बसपार्क, जमुनाहा भन्सार नाका र कोहलपुर बसपार्क गरी तीन स्थानमा आइतबारदेखि ‘यात्रु सहायता कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

नेपालगञ्जको जमुनाहा नाका भएर लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशसम्मका सर्वसाधारण नागरिकले यो नाकाबाट आवतजावत गर्ने हुँदा उनीहरूको सुरक्षालाई ध्यान दिँदै यात्रु सहायता कक्ष सञ्चालन गरिएको उनले बताए ।


चाडबाडका बेलामा बसपार्कमा धेरै यात्रुहरू आवतजावत गर्ने, सवारी साधनको चाप बढ्ने, टिकट काउन्टरमा यात्रुको भिडभाड बढ्ने, बढी भाडा लिने जस्ता क्रियाकलाप हुने तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाइ गरी समस्या समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा नेपालगञ्ज बसपार्कको मुख्य गेटमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघका महासचिव रानाभाटले लिए सपथ

२१ आश्विन २०८०, आईतवार २२:३५
नेपालगञ्ज : नेपालगञ्ग उद्योग बाणिज्य संघका नवनिर्वाचित महासचिव भिम रानाभाटले निर्वाचित भएको लामो समयपछि पद तथा गोपनियताको सपथ लिएका छन् । गत भदौ २ मा भएको संघको निर्वाचनको नतिजा अनुसार ६ मतले रानाभाट विजयी भएको भएपनि उनको जीतबिरुद्ध अदालतमा मुद्दा परेपछि उनको सपथ रोकिएको थियो । अदालतले पनि रानाभाटको पक्षमै […]