सदरलाइनडटकम
२२ चैत, नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्जको आदर्शनगरबाट जुवा खेल्दै गरेका जुवाडे र जुवा खेल्न प्रयोग भएको रकम समेत नियन्त्रणमा लिएको छ ।
प्रहरी निकट स्रोतले दिएको जानकारी अनुसार जुवाको खालबाट २ लाख १७ हजार नगद सहित ७ जना जुवाडे नियन्त्रणमा लिएको हो ।
प्रहरी निकट स्रोतले नियन्त्रणमा लिएका जुवाडेहरुको बारेमा कुनै पहिचान खुलाएको छैन । उनीहरुलाई आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँके ल्याईदै गरेको जानकारी प्राप्त भएको छ ।
