बैजनाथमा पालिकास्तरीय व्याटमिन्टन प्रतियोगिता शुरु

सदरलाइन संवाददाता १३ आश्विन २०७८, बुधबार १२:५४
 

बैजनाथ (बाँके) : नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथको आयोजनामा व्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिएको छ ।

विजया दशमी २०७८ को उपलक्ष्यमा भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथले पालिकास्तरीय व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा आज व्याटमिन्टन प्रतियोगता उदघाटन गरिएको छ ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले शारीरिक रुपमा स्वच्छ जीवन यापनका लागि खेल महत्वपूर्ण रहेको बताए ।

रुचालले बैजनाथ गाउँपालिकाले खेलकुदको विकासका लागि वडास्तरमा खेलमैदान निमार्ण, खेलकुद प्रतियोगिता जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको बताए । उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष रुचालले कोर्डमा व्याटमिन्टन खेली उदघाटन गरेका थिए । कार्यक्रमम बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुपबहादुर मल्ल समाजसेवि लगायतको सहभागिता रहेको थियो ।

उदघाटन सत्रको सभा अध्यक्ष नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथ अध्यक्ष मोहन सि राना मगरले गरेका थिए । प्रतियोगिता थारु भिलेज होमस्टे गाभर भ्यालीमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको पिपरीमा प्रवेशद्वार निमार्ण हुँदै

१३ आश्विन २०७८, बुधबार १२:५४
नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा स्वागत प्रवेशद्वार निमार्ण हुँदैछ । ३ लाख ५१ हजारको लागतमा स्वागत प्रवेशद्वार निमार्ण हुन लागेको हो । कोहलपुर नगरपालिकाको ३ लाख आर्थिक सहयोग र ५१ हजार जनश्रमदानमा निर्माण शुरु भएको प्रवेशद्वारको कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष रेशम खत्रीले शिलान्यास गरेका […]

सम्बन्धित