सदरलाइनडटकम
२० चैत, नेपालगन्ज : आज ६१ औं राष्ट्रिय सहकारी दिवस, बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजनागरि मनाइदैछ । ‘दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा नेपालगन्जमा अहिले विहान अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् बाँकेका सबै पालिकाहरुमा सरसफाई, रक्तदान, कार्यशाला गोेष्ठि, निवन्ध प्रतियोगिता, दिप प्रज्जवलनलगायतका कार्यक्रम सम्पन्न गरेको संघले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । जिल्लामा अहिले ४ सय ९ सहकारी संस्था छन् । तिमध्ये कृषि सहकारीको सङ्ख्यामात्रै जिल्लामा २ सय बढी रहेको संघका अध्यक्ष सुवेदीले बताए ।
