बाँकेमा १६ जना कोरोनामुक्त भई डिस्चार्ज

; १६ भाद्र २०७७, मंगलवार १२:१९
 

नेपालगञ्ज : बाँकेमा मंगलवार कोरोनामुक्त भई १६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना मुक्त भई १६ जना डिस्चार्ज भएका हुन लागेका हुन् ।

योसँगै बाँकेमा कोरोना मुक्त हुनेको संख्या ७ सय ४६ पुगेको छ । भदौ २ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार गरिएको थियो ।


आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखिएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गरिएको श्रेष्ठले बताए । बाँकेमा हालसम्म १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ६ जनाको मृत्यु भइसकेको छ ।

Next Post

करेन्ट लागेर बाँकेमा एक युवकको मृत्यु

१६ भाद्र २०७७, मंगलवार १२:१९
राप्तीसोनारी (बाँके) : माछा मार्न गएका बाँकेका एक युवकको मृत्यु भएको छ । जंगली बँदेललाई मार्न थापिएको पासोमा परेर राप्तीसोनारी वडा नं. २ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको हो । सोमवार राती आफ्नै धानबारीमा माछा मार्न गएका थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । धानबारीमा आउने […]

सम्बन्धित