त्रिभुवन विश्वविद्यालय धुम्रपान निषेधित क्षेत्र बन्दै

१९ चैत्र २०७४, सोमबार १८:५१
 


सदरलाइनडटकम
१९ चैत, नेपालगन्ज :  विश्वविद्यालयले केन्द्रिय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डिन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका सम्पूर्ण निकायहरु समेतमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ । त्रिवि सामान्य प्रशासन महाशाखाको च.नं. २४१ मिति २०७४ चैत्र १६ गतेको पत्रद्धारा सो व्यवस्थाका लागि सबै निकायहरुमा निर्देशन गरिएको हो । ेपालगञ्ज, बाँकेका नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट र प्रतिक्षा गिरीले गत चैत्र १४ गते प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई सम्बोधन गरी हेलो सरकारमा विश्वविद्यालयलाई धुम्रपान निषेधित क्षेत्र बनाइयोस् भन्ने उजुरी दर्ता भएपछि जनगुनासो व्यवस्थापनका लागि विश्वविद्यालयले सो निर्देशन गरेको हो । हेलो सरकारमा गरिएको उजुरीमा नेपाल सरकारले सिहदरबारभित्र खैनी चुरोट बोकेर प्रवेश निषेधको नियम लागु गरिसकेको तर त्रिभुवन विश्व्विद्यालयको केन्द्रिय कार्यालय परिसरमा थुप्रै विद्धानहरु धुम्रपान गरेर बसिरहेको भेटिने गरेको र त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालय परिसरको क्यानटिनबाट खुलेआम चुरोट बिक्रि वितरण भइरहेको पाइएको उल्लेख छ ।
सैगरी सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ ले सार्बजनिक स्थलमा धुम्रपान निषेध गरेको, शिक्षण संस्था र त्यसको १०० मिटर वरपर धुम्रपान गर्न, सूर्तिजन्य पदार्थ बेचविखन गर्न रोक लगाएको भएपनि खोई त्रिभुवन विश्वविद्यालयमा यो कानुनको पालना भएको ? भनी गुनासो गरिएको छ । साथै त्रिभुवन विश्वविद्यालयले आफ्नो केन्द्रिय कार्यालयलाई पूर्ण रुपमा धुम्रपान निषेधित क्षेत्र बनाओस् र त्रिभुवन विश्वविद्यालय अन्तरगतका सबै विभागहरु, निकायहरु, परीक्षा नियन्त्रण कार्यालय, सबै जिल्लामा रहेका आङ्गिक क्याम्पसहरु र तिनिहरुका चमेना गृहहरु क्याटिन) मा समेत पूर्ण रुपमा धुम्रपान निषेध गर्ने व्यवस्था होस् भनी माग गरिएको छ । त्यस्तै कानुनबमोेजिम धुम्रपान निषेधित क्षेत्र लेखिएका बोर्डहरु सबैले देख्ने ठाउँमा राख्ने व्यवस्था गर्न र ऐन बमोजिम सूचना नराख्ने कार्यालयका कार्यालय प्रमुखहरुलाई कानुनबमोजिम ५ हजार जरिवानाको व्यवस्था लागु गर्न समेत माग गरिएको छ ।

Next Post

खजुरा गाउँपालिकाले लक्षित वर्गको बजेट धमाधम खर्च गर्दै

१९ चैत्र २०७४, सोमबार १८:५१
सदरलाइनडटकम,  १९ चैत, खजुरा (बाँके) : खजुरा गाउँपालिकाले लक्षित वर्गका लागि छुट्टाइएको बजेट उनीहरुको लागि धमाधम खर्च हुन थालेको छ । लक्षित वर्गका लागि छुटइएको बजेट अन्तर्गतका कार्यक्रमहरु दिनानु दिन हरेक वडामा हुने गरेको हो । गाउँपालिकाले लक्षित समुहको लागि वृद्ध वृद्धाहरुलाई सम्मान, स्वयम सेविकालाई प्रोसाहन, कृषकलाई विऊ विजन वितरणदेखि […]