सुदूरपश्चिमको सांस्कृतिक यात्रा नेपालगन्ज आउदैं

१४ चैत्र २०७४, बुधबार १८:३८
 

सदरलाइनडटकम  
१४ चैत, नेपालगन्ज  : आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै प्रचारात्मक कार्यका लागि नेपालगन्जमा सुदूरपश्चिमको कला, संस्कृति झल्किने नाच, गीत  संगीत र झाँकीहरु विहिवार प्रदर्शन गरिने भएको छ ।
नेपाल प्रहरी व्यायामशाला (प्रहरी गुल्म) मैदानमा दिउसो साढे ३ बजेवाट सो कार्यक्रम गर्ने लागिएको सुदूरपश्चिमेली समाज नेपालगन्जका महासचिव जयनारायण शाहले जानकारी दिए ।
सुदूरपश्चिम साहित्य समाजद्धारा आयोजित महाकाली–मेची सांस्कृतिक–साहित्यक पर्यटकिय जागरण तथा प्रदर्शनयात्रा बिहिवार नेपालगन्ज आईपुग्ने र सो कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा सवैलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको महासचिव शाहले बताए ।
महाकाली नदीको पानी बोकेर कलाकार, साहित्यकार र पत्रकार गरि ४५ जनाको टोली बिहिवार विहान धनगढीबाट यात्रामा निस्किेने छन् । यात्राको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्रीले शुभारम्भ गरि टोलीलाई बिदाई गर्ने कार्यक्रम छ ।
सुदूरपश्चिम क्षेत्रको भाषा, साहित्य, लोक तथा जातिय संस्कृति, ऐतिहासिक सम्पदा, पर्यटकियस्थल धार्मिक धरोहरको प्रबद्र्धन र प्रचार प्रसार गर्नु अभियानको उद्देश्य बताईएको छ ।
ात्रामा सुदूरपश्चिमको सांस्कृतिक विविधता बोकेको हुड्केली, भुओ, गमरा, चौधरीहरुको साखिया, छलिया, रानाथारुको होरी, समग्र सेती महाकाली अंचलको देउडा लगायतका लोकनृत्यहरुको प्रस्तुति रहनेछ । संगै सुदूरपश्चिमका प्रसिद्ध धार्मिक शक्तिपीठहरु र पर्यटकिय महत्वका फोटोहरु समेत प्रदर्शनी गरिनेछ ।
चर्चित देउडा गाएक, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ यज्ञराज उपाध्यायले ‘राईझुमा झुमा क्या मस्क्याकी छौ’… लगायतका गीत प्रस्तुत गर्नेछन् । गीत संगीतको प्रस्तुती पछि साहित्यकार, पत्रकार र विभिन्न क्षेत्रका व्यतिmत्वहरुसँंग अन्तरक्रिया हुनेछ । साहित्यकार मदनपुरुस्कार विजेता तथा साहित्य समाजका अध्यक्ष रामलाल जोशी सहितका साहित्यकारहरु यात्रामा सहभागी छन् ।
यात्रामा नवलपरासी, कावासोती, चितवन, पोखरा, काठमाण्डौ, जनकपुर, इटहरी  भारतको गुहाटी, आसाम, सिक्किम, दार्जिलिङ्ग हुदै बैशाख २०७५ मा धनगडीमा भव्य कार्यक्रमवीच समापन हुनेछ । फोटो : यज्ञराज उपाध्यायको फेशबुक वालबाट ।


  

Next Post

नरैनापुरमा नेपाली सेना र नेपालगन्ज मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

१४ चैत्र २०७४, बुधबार १८:३८
सदरलाइनडटकम   १४ चैत, नेपालगन्ज : नेपाली सेनाको चार बाहिनी अड्डाको आयोजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा बाँकेको नरैनापुरमा एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नरैनापुरको आँप बगैचामा आयोजना गरिएको सो स्वास्थ्य शिविरको नेपाली सेनाको चार बाहिनी अड्डाका बाहिनीपति अनन्त कार्कीले उद्दघाटन गरेका हुन । […]

सम्बन्धित