मुख्यमन्त्री पोख्रेलद्वारा सुटिङ्ग रेन्जको शिलान्यास

१२ चैत्र २०७४, सोमबार १८:५४
 

सदरलाइनडटकम   
१२ चैत, नेपालगन्ज  : पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आगामी वर्ष नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको निरिक्षण गर्नुका साथै सुटिङ्ग रेन्जको सोमबार शिलान्यास गरेका छन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता हुने स्थलको तयारीको निरिक्षण गरेपछि मुख्यमन्त्री पोख्रेलले ५ नम्बर प्रदेशको गौरबका रुपमा प्रतियोगिता हुन लागेको भन्दै तयारीमा कुनै कमी हुन नदिन आग्रह गरे ।
‘संघीय संरचनामा गइसकेपछि पहिलो पटक हाम्रो प्रदेशले राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर पाएको छ । सबै मिलेर यसलाई भब्य बनाउने तर्फ लागौं’— मुख्यमन्त्री पोख्रेलले भने,—‘यसको तयारीमा कुनै कमी आउन नदिन पहल गर्छु ।


मुख्यमन्त्री पोख्रेलले स्वस्थ जनशक्ति तयार गर्न र खेलक्षेत्रका माध्यमबाट देशलाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन लाग्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले पौडी पोखरी, भारतोलन हल, १० हजार सिट क्षमता भएको प्याराफिट समेत बन्न लागेको बताए । क्षेत्रमा हुन गइरहेको प्रतियोगितलाई सबै मिलेर सफल पार्नुपर्ने ओलीले बताए । कार्यक्रममा प्रदेश सभा सदस्यहरु आइपी खरेल, बाबुराम गौतम, सुरेन्द्र हमाल, कृष्णा केसी नमूना, याकुव अनसारीको पनि उपस्थिति रहेको थियो ।
एक करोडको लागतमा सुटिङ रेन्ज निर्माण हुने भएको हो । मुख्यमन्त्री पोख्रेलल सोमबार नै नेकपा एमाले बा“केको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटमा सहभागि भए । उनले कार्यकर्तालाई संघीय संरचना सफल बनाउन सबै तहका सरकारलाई सहयोग गर्न आग्रह गरे ।
मुख्यमन्त्री पोख्रेलले देश संघीय संरचनाको कार्यान्वयनमा गएको भन्दै यसलाई सफल बनाउनका लागि संघ, प्रदेश र स्थानीय तहबीच तालमेल हुनुपर्नेमा जोड दिए । उनले यि तीनै तहको तालमेल हुन नसके समस्या उत्पन्न हुने बताए ।


Next Post

नेपालगन्ज उप–महानगरमा सञ्चालित आधारभुत तह परिक्षाको निरिक्षण

१२ चैत्र २०७४, सोमबार १८:५४
सदरलाइनडटकम १२ चैत, नेपालगन्ज : आधारभुत तह उतिर्ण परिक्षा सोमबारदेखि नेपालगन्जमा भएको छ । नेपालगन्ज उप–महानगरपालिका अन्तर्गत पहिलो पटक जारी कक्षा ८ को आधारभुत तह उतिर्ण परिक्षासँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) भइरहेको केन्द्रहरुको पनि निरिक्षण गरिएको हो । एसईको परिक्षा ८ गतेबाट नै शुरु भएपनि कक्षा ८ को भने विहान […]