युवा युवतीलाई लघु उद्यम तालिम प्रदान

१० चैत्र २०७४, शनिबार ०८:५३
 

सदरलाइनडटकम  
१० चैत, नेपालगन्ज  : सेभ द चिल्डे«नको सहयोगमा सामाजिक विकास मन्चले युवा सशक्तिकरण ‘बुलगारी परियोजना’ अन्र्तगत ३१ जना युवायुवतीहरुका लागि लघु उद्यम विकास तालिम दिएको छ । सानो लगानीमा व्यवसाय गरी स्वरोजगार बन्ने उदेश्यले बुलगारी परियोजना अन्र्तगत ती युवा युवतीलाई तालिम दिइएको हो ।
२०१८ मा पहिलो चरण अन्र्तगत उनीहरुलाई ५ दिने तालिम दिइएको हो । सो तालिमको शुक्रबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी समापन गरियो । समापन कार्यक्रममा बोल्दै सेभ द चिल्डे«नका क्षेत्रीय निर्देशक बिरेन्द्र ठगुन्नाले सीप सिकेर कुनै पनि व्यापार, व्यवसाय गर्दा सफल भइने यथार्थ कुरालाई सबैले मनन गर्नुपर्नेमा जोड दिए ।
उनले तालिम लिएका सबैलाई कुनै न कुनैरुपमा व्यवसायमा आवद्ध हुन आग्रह गरे । ठगुन्नाले मेहेनत गरेर व्यवसायमा आवद्ध हुन सुझाव दिए ।
कार्यक्रममा बोल्दै व्यवसायीक सिप बिकास तालिम केन्द्रका प्रमुख जेन्टिल गौतमले बेरोजगारीको समस्या देशले झेलिरहेका बेला सीपको आवश्यक खट्किएको बताए । उनले सीप सिकेर व्यवसायमा आवद्ध हुन आग्रह गरे ।
कार्यक्रममा बोल्दै युवा समितिको कार्याललय बांकेका प्रमुख रामसुरेश यादवले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरे । कार्यक्रममा सामाजिक बिकास मन्चका अध्यक्ष बिष्णु ढकालले सिपसंगै व्यवसाय गर्नेहरुलाई ऋणको समेत सहयोगको व्यवस्था गरिने भएकाले तालिमलाई अधिकतम् फाईदाका रुपमा उपयोग गर्न आग्रह गरे ।
उनले भने,–‘तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुहोस् । त्यसै नबस्नुहोस् ।’ ढकालले अनुगमनलाई समेत प्रभावकारी बनाउने बताए ।
कार्यक्रममा सहभागि भएकी भिमकला पाण्डेले तालिममा व्यवसाय कसरी गर्ने भन्ने कुरा सिकेको बताईन । अब व्यवसाय गर्न आफुलाई सहज हुने पनि बताए । परियोजनाका भुपालसिंह बोहराले तालिम लिएका मध्ये कोही आफै स्वरोजगार बन्ने भने कोहीलाई अझै ठुलो तालिमको अवसर दिइने बताए ।

Next Post

सन्दर्भ १३६ औं क्षयरोग दिवस : धामी, झाँक्री अनि रोगको पहिचान

१० चैत्र २०७४, शनिबार ०८:५३
सदरलाइन / कमल डाँगी १० चैत, नेपालगन्ज  : ‘धामी, झांँक्री गर्दागर्दै मेरो भएको सम्पत्ति सकियो तर, पनि रोग पत्ता लागेन नेपालगन्जका अस्पताल पनि धाए त्यहा“ उपचार गर्दा पनि ऋण नै थपियो तै पनि उपचार भएन’–सल्यान थारमारेका धनबहादुर डाँगीले समयमै क्षयरोग पहिचान नहुँदा आफुले भोगेको पीडा सुनाउँदै भने । भरतमा मजदुरी गर्न […]