संसद भंग गरेर चुनावमा जाने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

सदरलाइन संवाददाता १९ श्रावण २०८०, शुक्रबार १५:३०
 

काठमाण्डौ : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गरेका छन् । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीवार राती पार्टीका वरिष्ठ नेता तथा सांसदसँगको छलफलपछि प्रधानमन्त्री शरिफले अर्को हप्ता अगस्ट ९ तारिखमा राष्ट्रियसभा भङ्ग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र विघटन कार्यान्वयनका लागि सिफारिसमा हस्ताक्षर गर्नुपर्छ ।


संसद् विघटनको सिफारिससँगै चुनावका लागि कार्यवाहक प्रधानमन्त्री पनि तोक्ने तयारी छ । कार्यवाहक प्रधानमन्त्री नतोकिए त्यहाँको निर्वाचन आयोगले हस्तक्षेप गरी निष्पक्ष चुनावका लागि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया बढाउन सक्ने एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ ।

पाकिस्तानको राष्ट्रियसभाले २०७८ चैतमा शहबाज शरिफलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र सञ्चालन

१९ श्रावण २०८०, शुक्रबार १५:३०
दाङ : दाङमा बालबालिकालाई फुटबल खेल सम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका–१५ भ्यालीटप टोलमा सञ्चालनमा आएको हो । बालबालिकालाई फुटबल खेलसँगै खेलसँग सम्बन्धीत आवश्यक नीति नियमहरुका बारेमा जानकारी दिने उद्देश्यले एकेडेमी स्थापना गरिएको हो । बढ्दो फुटबल खेलप्रतिको बालबालिकाको क्रेजलाई मध्यनजर गर्दै जिल्लाबाट […]

सम्बन्धित